‘ओर्ली ! ओर्ली ! ओर्लिहाल् ! तैँले महाराजको काख पाउँदैनस् ।’ बाबु उत्तानपादको काखमा बस्न गएका ध्रुवलाई कान्छी आमा सुरुचिले गलत्याउँदै भनिन्–‘बाबुको काख पाउन मेरो कोखबाट जन्मनुपर्थ्यो । जन्मने बेला उहाँलाई मन नपर्ने जेठीको कोखबाट जन्मने अनि अहिले आएर काखको अधिकार खोज्ने ? सात जन्मसम्म त्यो अधिकार पाउँदैनस् बुझिस् । बाबुको काख ताक्ने भए मेरो कोखबाट जन्मेर आउनुपर्छ ।’कान्छी आमाको कुरा सुनेर ध्रुव छक्क परे । बाबुले केही भन्छन् कि भनेर उनको मुखमा हेरे तर उनले पनि एक शब्द