कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै केही पर्यटक आउन थालेपनि यतिबेला कोरोनाको दोस्रो लहरको उच्च जोखिम र निषेधाज्ञाले जारी भएपछि पदमार्ग झन् सुनसान बन्न पुगेको हो ।
कोरोना सङ्क्रमणको पहिलो लहर कम हुँदै गएपछि दैनिकजसो दुइदेखि १० जनासम्म पर्यटक आउने गरेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम बढ्न थालेपछि यतिबेला पर्यटक आगमन ठप्प भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।