न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ । चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए । मंगलबार ताइवान पुगेकी पेलोसीले राष्ट्रपति र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ । ‘ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अटल प्रतिबद्धता’लाई सम्मान गर्न चाहेको सभामुख पेलोसीले बताइन् । एस