चीनको चेतावनीबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा पुगेपछि…

एजेन्सी, १७ साउन । चीनले कडा चेतावनी दिएपनि अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुगेकी छिन् । उनी मङ्गलबार साँझ ताइवान उत्रिएकी हुन् । पेलोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन् । उनको भ्रमणले अमेरिका र चीनबीच टकराव बढ्ने विश्लेषण गरिएको छ । चीनले आफ्नो भूमि दाबी गर्दै आएको ताइवानमा आक्रमण गर्ने सम्भावनाबीच पेलोसी […]

सम्बन्धित सामग्री

ताइवानमा अमेरिकी ‘सेमिकन्डक्टर’ स्वार्थ

ताइवान भ्रमणका क्रममा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन (टिएसएमसी) का प्रमुख मार्क लुईसँग भेट गरेकी थिइन्, तर यो भेट चासोको विषय बनेन । पेलोसीको भ्रमण विश्वको सबैभन्दा ठूलो...

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ।चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणला

ताइवानमा अमेरिकी सभामुखको भ्रमण निन्दनीय : नेचिप्स

नेपाल- चीन हिमालय मैत्री समाज नेपाल(नेचिप्स)ले अमेरिकाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति निन्दा गरेको छ ।  मंगलबार साँझ अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान उत्रिएकी थिइन् । बिहीबार विज्ञप्ति जारी गर्दै...

अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवान पुगेकी छिन्।...

चीनको चेतावनीकाबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा

चीनको चेतावनीकाबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुग्नुभएको छ । उहाँ गएराति उच्च सुरक्षाकाबीच ताइपेइको विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पेलोसी ताइवानको संसद् भवन पुग्नुभएको छ । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यो भ्रमणलाई निक्कै महत्वपूर्ण मानिएको छ । अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले पनि सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउ...

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा विरोध

काठमाडौँ – चीनको विरोधका बावजुत अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन् । पेलोसी अमेरिकी सेनाको यूएस सी ४० विमानमा मलेसिया हुँदै ताइवानको राजधानी ताइपेइ पुगेकी हुन् । बेइजिङले ताइवान भ्रमण नगर्न चेतावनी दिंदा समेत पेलोसीको ताइवान भ्रमण भएको हो ।उनले ताइवान भ्रमणको क्रममा राष्ट्रपति साइ सिङलाई भेट्ने कार्यक्रम छ । अमेरिकी नेभी र […]

चीनको कडा चेतावनीकाबीच २५ वर्षपछि अमेरिकी सभामुख ताइवानमा

काठमाडौँ। करिब २५ वर्षपछि अमेरिकी उच्च अधिकारी ताइवान अवतरण गरेका छन् । चीनको कडा चेतावनीकाबीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवान झरेको बिबिसीले जनाएको छ ।  यसअघि उनको भ्रमण अपेक्षित मात्र भनिएको थियो । पलोसी अमेरिकी सरकारको तेस्रो बरीयताकी उच्च अधिकारी हुन् भने उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।