न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढ्दो, चुप नबस्ने चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुग्नुभएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ बेइजिङको आलोचक ...

सम्बन्धित सामग्री

न्यान्सी पेलोसीको बेइजिङको विरोधको लामो इतिहास

चीनको चेतावनी र ह्वाइट हाउसको चिन्तालाई बेवास्ता गर्दै अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । तर यो कदम पेलोसीको चीन सरकारलाई चिड्याउने पहिलो कदम भने होइन । पेलोसीको चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास छ । यसमा सबैभन्दा चर्चित घटना सन् १९९१ मा घटेको थियो । बेइजिङ भ्रमणमा रहेकी पेलोसीले तियानमेन चोक पुगेर दुई वर्षअघि चिनियाँ सरकारले गरेको दमनमा मारिएहरूको सम्मानमा ब्यानर देखाएकी थिइन् । चिनियाँ सरकारले पेलोसीलाई खासै रुचाउँदैन । चीनले पेलोसीप्र

चीनको चेतावनीबीच ताइवान पुगिन् पेलोसी

अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुका