काठमाण्डौ – गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८’ साहित्यकार चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको छ ।
तामाङ परिवेशमा आधारित यस कृतिमा लेखक आचार्यले तामाङ पात्र र परिवेशमार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गर्नु भएको छ ।
उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिलाई कहाली लाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा...