अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डले आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोही पुर्जालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कार रु. एक लाख नगद राशिको रहेको पर्यटन बोर्डका महानिर्देशक […]