सामलिङ पावरको आईपीओ आजदेखि

सामलिङ्ग पावर कम्पनीले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।यसअघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख […]

सम्बन्धित सामग्री

कुन मूल्यमा भयो सामलिङ पावरको पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामलिङ पावर कम्पनीको कारोबार सुरु भएको छ । आज बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएपछि अब नियमित समयमा कम्पनीको कारोबार हुने छ । कम्पनीको पहिलो कारोबार २९६.३ को मूल्यबाट भएको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.७७ रुपैयाँ देखि २९६.३१ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने प्रावधान रहेकोमा उच्चतम बिन्दुबाट नै कारोबार सुरु भएको हो । कम्पनीको SPC सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको ५० लाख कित्ता शेयर हिजो बुधबार नेप्सेमा सुचिकृत भएको थियो । सामलिङले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। कम्पनीको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको थियो । योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्। कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । आज न्यादीको भने स्पेसल प्रि ओपन सेसनमा कारोबार भएको छैन । प्रि ओपन सेसनमा कारोबार नभएसंगै नियमित कारोबार समयमा कम्पनीको कारोबार हुने छैन। अब आइतबारको प्रि ओपन सेसनमा कारोबार भएमा नियमित समयमा कारोबार हुने छ । बुधबार नै न्यादीको १ करोड ५० लाख कित्ता शेयर सुचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४.१३ रुपैयाँ देखि २८२.३९ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । कम्पनीको NYADI सिम्बलबाट कारोबार हुने छ । न्यादीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको थियो । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको थियो । जस अनुसार गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका थिए । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ ।

सामलिङ पावरको आईपीओ बाँडफाँट

सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले मंगललबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।यही कात्तिक ४ गतेदेखि कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर […]

अन्तिम दिनसम्म करीब २३ लाखले भरे सामलिङ पावरको आईपीओ

कात्तिक ८, काठमाडौं । कात्तिक ४ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिन सोमवारसम्म २२ लाख ६५ हजार ६९८ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट सोमवार साँझ ५ बजेसम्म २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको लागि आवेदन परेको हो । जुन आवेदन मागभन्दा ३९ दशमलव ६७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयरमध्य २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम संकेत गर्ने इक्राएनपी आईआर डबल बी माईनस रेटिङ प्रदान गरेको छ । सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गरिसकेको हो । आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर विक्री गरेको हो । यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ । कम्पनीको तत्काल जारी पूँजी पनि रू. ५० करोडनै रहेको छ । हाल संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्येपनि स्थानीयमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ । सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक वित्तीय अवस्था अनुसार उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. शून्य दशमलव २७ ऋणात्मक छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि तीन गुणासम्म रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

सामलिङ पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

सामलिङ पावर कम्पनीको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कात्तिक ४ गतेदेखि  निष्काशन खुला भएको आईपीओमा आज कात्तिक ८ गते कार्यालयसमय भित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ ।   उक्त कम्पनीले निष्काशन खुला गरेको कल ७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले...

सामलिङ पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कात्तिक ८, काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार आइतवारसम्म १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको छ । यो मागभन्दा ३१ दशमलव १३ गुणा बढी आवेदन हो । कम्पनीले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ६०० कित्ता कर्मचारीको लागि, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । आवेदकले आज बैंकिङ समयसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

सामलिङ पावरको आयोजना प्रभावितलाई छुट्याएको आईपीओ बाँडफाँट

सामलिङ पावर कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दा तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीका लागि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट गरेको छ । कम्पनीले २०७८ भदौ १८ गतेदेखि २०७८ असोज १ गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्कासन गरेको थियोआयोजना अतिप्रभावित समुहका […]

सामलिङ पावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन

असोज १, काठमाडौं । सामलिङ पावर कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (शुक्रवार) रहेको छ ।  कम्पनीले भदौ १८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभाभित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर छुट्याएको छ ।  बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याएको हो । शुक्रवार अर्थात् असोज १ गतेसम्म सम्पूर्ण शेयर विक्री नभएमा असोज १७ गतेसम्म खुला रहनेछ ।  आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीले इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको जानकारी गराएको छ ।

सामलिङ पावरको आईपीओमा आवेदन दिने शुक्रवार अन्तिम दिन

भदौ ३१, काठमाडौं । सामलिङ पावर कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन शुक्रवार रहेको छ ।  कम्पनीले भदौ १८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभाभित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर छुट्याएको छ ।  बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याएको हो । शुक्रवार अर्थात् असोज १ गतेसम्म सम्पूर्ण शेयर विक्री नभएमा असोज १७ गतेसम्म खुला रहनेछ ।  आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले इलाम जिल्लामा माइबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

साउन २२ गतेदेखि विक्रीको मिति तय भएको सामलिङ पावरको आईपीओ निष्कासन स्थगित

साउन २०, काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन हाललाई स्थगित भएको छ । कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गर्ने मिति तय गरेको थियो । यसअघि इलाममा कोभिड संक्रमणलाई रोक्न साउन १८ गनेसम्म जारी भएको निषेधाज्ञा साउन २५ गतेसम्म लागू गरिएकाले आईपीओ निष्कासन प्रकृया हाललाई स्थगित गरिएको हो । परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी सार्वजनि निष्कासन तथा विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीयलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो । आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ ।  यो शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ । यस पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । उक्त आयोजनाको अनुमानित कुल लाग प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्ये पनि स्थानीयमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ ।  सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने उक्त अवधिसम्म कम्पनी १० लाख नोक्सानीमा रहेको छ ।