साउन २२ गतेदेखि विक्रीको मिति तय भएको सामलिङ पावरको आईपीओ निष्कासन स्थगित

साउन २०, काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन हाललाई स्थगित भएको छ । कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गर्ने मिति तय गरेको थियो । यसअघि इलाममा कोभिड संक्रमणलाई रोक्न साउन १८ गनेसम्म जारी भएको निषेधाज्ञा साउन २५ गतेसम्म लागू गरिएकाले आईपीओ निष्कासन प्रकृया हाललाई स्थगित गरिएको हो । परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी सार्वजनि निष्कासन तथा विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीयलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो । आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ ।  यो शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ । यस पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । उक्त आयोजनाको अनुमानित कुल लाग प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्ये पनि स्थानीयमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ ।  सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने उक्त अवधिसम्म कम्पनी १० लाख नोक्सानीमा रहेको छ । 

सम्बन्धित सामग्री

सामलिङ पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कात्तिक ८, काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार आइतवारसम्म १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको छ । यो मागभन्दा ३१ दशमलव १३ गुणा बढी आवेदन हो । कम्पनीले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ६०० कित्ता कर्मचारीको लागि, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । आवेदकले आज बैंकिङ समयसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

सामलिङ पावरको आयोजना प्रभावितलाई छुट्याएको आईपीओ बाँडफाँट

सामलिङ पावर कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दा तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीका लागि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट गरेको छ । कम्पनीले २०७८ भदौ १८ गतेदेखि २०७८ असोज १ गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्कासन गरेको थियोआयोजना अतिप्रभावित समुहका […]