कात्तिक ८, काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ ।
विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार आइतवारसम्म १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको छ ।
यो मागभन्दा ३१ दशमलव १३ गुणा बढी आवेदन हो । कम्पनीले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ६०० कित्ता कर्मचारीको लागि, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
आवेदकले आज बैंकिङ समयसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।
यस्तो कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।