नेप्सेमा सामलिङ पावर र न्यादी हाइड्रोको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामलिङ पावर कम्पनी र न्यादी हाइड्रोपावरको शेयर सुचिकृत भएको छ । दुवै कम्पनीको शेयर आज बुधबार सुचिकृत भएको हो । दुवै कम्पनीको शेयर कारोबार भोली बिहिबार बाट कारोबार योग्य हुने छन् । सामलिङ पावरको ५० लाख कित्ता शेयर सुचिकृत भएको हो  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.७७ रुपैयाँ देखि २९६.३१ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ  ।  यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ  ।  कम्पनीको SPC सिम्बलबाट कारोबार हुने छ  ।  त्यस्तै न्यादीको १ करोड ५० लाख कित्ता शेयर सुचिकृत भएको हो  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४.१३ रुपैयाँ देखि २८२.३९ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ  ।  यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ  ।  कम्पनीको NYADI सिम्बलबाट कारोबार हुने छ  ।  सामलिङले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  कम्पनीको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको थियो । योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्।     कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । त्यस्तै न्यादीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको थियो । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको थियो ।  जस अनुसार  गोलाप्रथा मार्फत २ लाख ९  हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका थिए ।   कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । 

सम्बन्धित सामग्री

२९०० विन्दु मुनि नेप्से, ६ अर्ब २ करोड बराबरको शेयर खरीदविक्री

माघ ५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ३५ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ८९८ दशमलव ३१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ८४ हजार २३३ पटकमा रू. ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ दशमलव शून्य ३ खरीदविक्री भएको छ । अघिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दिन कारोबारमा आएका ती धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्य उच्च दरमा वृद्धि भएको छ । यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत र सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतका दरले वृद्धि भएको छ । बुद्धभुमि नेपालको शेयरमूल्य प्रतिकित्ता रू.२८७ दशमलव ८० र सामलिङ पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७१४ पुगेको छ ।  उता यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् ।कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ३४ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३५३ मा झरेको छ । त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यो दिन ४ दशमलव २३ प्रतिशत घटेर रू.१ हजार ३११ दशमलव १० कायम भएको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २० करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४४ कायम भएको छ । कम्पनीको मंगलवार पनि सर्वाधिक शेयर खरीदविक्री भएको थियो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू.२० करोड ७ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बुधवार पनि नेप्सेमा करेक्सन आएको छ । लगातार केहि दिनदेखि बढेको बजारमा कारोबारीहरुले नाफा बुक गरेकाले करेक्सन आएको हो । छोटो समयममा नै नेप्से परिसूचक लगभग ७०० अंकले बढेको छ । सोही कारण पनि बजारमा करेक्सन आएको हो । यस अवधिमा अल्पकालिन लगानीकर्ता तथा कारोबारीहरुले राम्रै प्रतिफल प्राप्त गरेका छन् ।   लगातारजसो बढेको बजारमा करेक्सन आउनुलाई बजार विश्लेषकहरुले सामान्य भएको बताएका छन् । करेक्सनपछि बजार थप सबल र स्वस्थ हुने उनीहरुको भनाइ छ ।

सामलिङ पावरको शेयर डिम्याट खातामा, एसपिसी सिम्बलबाट कारोबार हुने

सामलिङ पावर कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ । शेयर डिम्याटमा आएसंगै अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । कम्पनीको SPC सिम्बलबाट कारोबार हुने छ । कम्पनीले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  कम्पनीको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको थियो । योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्।     कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो ।

सामलिङ पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

सामलिङ पावर कम्पनीको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कात्तिक ४ गतेदेखि  निष्काशन खुला भएको आईपीओमा आज कात्तिक ८ गते कार्यालयसमय भित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ ।   उक्त कम्पनीले निष्काशन खुला गरेको कल ७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले...

सामलिङ पावर कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा ९ लाख ४८ हजारभन्दा बढीको आवेदन

कात्तिक ५, काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा शुक्रवार दोस्रो दिनसम्ममा ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन्  । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार रू. १ अर्ब १३ करोड ८६ लाख २३ हजार बराबरको १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन दिएका हुन् । यो मागभन्दा १६ दशमलव ७७ गुणा बढी आवेदन हो । कम्पनीले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ६०० कित्ता कर्मचारीको लागि, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । आवेदकले कात्तिक ८ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को शेयर बिक्री खुल्ला गरेको हो । निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

सामलिङ पावर कम्पनीको आईपीओ खुल्यो

काठमाडौं । सामलिङ पावर कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । निष्कासन गरिएको कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार...

आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैयाँ बराबरको सात...

साउन २२ मा नहुने भयो सामलिङ पावर कम्पनीको शेयर निष्कासन

सामालिङ्ग पावर कम्पनीले साउन २२ गतेबाट आयोजना प्रभावितका लागि निष्कासन गर्न ठिक्क पारेको साधारण शेयर तत्काललाई स्थगित गरेको छ। कम्पनीले भदौ ५ गतेसम्म शेयर बिक्री गर्ने तालिका सार्वजनिक गरेको थियो। कम्पनीले स्थानीय जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने भएपछि निष्कासन स्थगित गरेको हो। इलाम जिल्ला प्रशासन कार्यालयले साउन १८ देखि २५ गतेसम्म निषेधाज्ञा लगाएको छ। कोभिड संक्रमित बढेकाले निषेधाज्ञाको अवधि लम्बिने सम्भावना पनि उत्तिकै छ। त्यही भएर अहिलेलाई शेयर निष्कासन स्थगित गरेको कम्पनी बुधवार जनाएको छ। कम्पनीले १०० रुपैयाँ...

सामलिङ पावर कम्पनीले २२ गतेदेखि आईपीओ खोल्ने

काठमाडौं, साउन १४ । सामलिङ पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियलाई पाँच करोड बराबरको पाँच लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते […]