सामलिङ पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

सामलिङ पावर कम्पनीको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कात्तिक ४ गतेदेखि  निष्काशन खुला भएको आईपीओमा आज कात्तिक ८ गते कार्यालयसमय भित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ ।   उक्त कम्पनीले निष्काशन खुला गरेको कल ७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले...

सम्बन्धित सामग्री

सामलिङ पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कात्तिक ८, काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार आइतवारसम्म १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको छ । यो मागभन्दा ३१ दशमलव १३ गुणा बढी आवेदन हो । कम्पनीले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ६०० कित्ता कर्मचारीको लागि, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । आवेदकले आज बैंकिङ समयसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

सामलिङ पावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन

असोज १, काठमाडौं । सामलिङ पावर कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (शुक्रवार) रहेको छ ।  कम्पनीले भदौ १८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभाभित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर छुट्याएको छ ।  बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याएको हो । शुक्रवार अर्थात् असोज १ गतेसम्म सम्पूर्ण शेयर विक्री नभएमा असोज १७ गतेसम्म खुला रहनेछ ।  आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीले इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको जानकारी गराएको छ ।