माघ ५, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधवार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य मुनाफा रू. ६ करोड ९६ लाख ८१ हजार रहेको छ । यस वर्ष कम्पनीको खुद नाफा ३८ दशमलव ११ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ७ करोड ५६ लाख १६ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४४ लाख ३२ हजार यो नाफा गरेको हो ।
सञ्चालन नाफा गत वर्षभन्दा ४५ दशमलव ११ प्रतिशत बढेकाले यसवर्ष कम्पनीको नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष रू. १० करोड २५ लाख ६८ हजार सञ्चालन नाफा गरेको कम्पनीको यस वर्ष यो नाफा रू. १४ करोड ८८ लाख ३५ हजार छ ।
खुद ब्याज आम्दानी पनि यस वर्ष गत वर्षभन्दा ५० दशमलव शून्य ४ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १२ करोड १५ लाख १३ हजार रहेको खुद ब्याज आम्दानी यस वर्ष रू. १८ करोड २३ लाख १८ हजार भएको छ ।
१० प्रतिशत बोनस शेयर वितरण गरी रू. ९६ करोड ४४ लाख ९२ हजार चुक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. १५ करोड २४ लाख २४ हजार रहेको छ । रिटेन्ड अर्निङमा रू. ११ करोड १५ लाख ९१ हजार छ । यस वर्ष कम्पनीको जगेडा कोष रकम शून्य दशमलव १५ प्रतिशत घटेको हो भने रिटेन्ड अर्निङ १३ दशमलव शून्य ३ प्रतिशत बढेको हो ।
यस वर्ष गत वर्षभन्दा १० दशमलव ७७ प्रतिशत बढी रू. ९ अर्ब ५३ करोड ८८ लाख ११ हजार कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा २० दशमलव ७५ प्रतिशत बढी रू. ९ अर्ब ८५ करोड २८ लाख ९७ हजार कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा शून्य रहेको कम्पनीको दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. २१ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ३७ छ ।
स्रोतः कम्पनीद्वारा जारी दोस्रो त्रैमाससम्मको वित्तीय विवरण