‘कर्पोरेट-पे’को मासिक औसत कारोबार ३५ अर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नेपाल क्लियरिङ हाउसको ‘कर्पोरेट–पे’ को मासिक औसत कारोबार ३५ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस्तै मासिक कारोबार संख्या पनि १ लाख नाघेको छ । जुन गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा कारोबार संख्याको आधारमा ५ गुणा र कारोबार रकम आधारमा १० गुणा बढी […]

सम्बन्धित सामग्री

१९९० को बलियो टेवा विन्दुबाट ओर्लियो बजार, कुल पूँजीकरण २९ खर्बभन्दा बढी कायम

काठमाडौं । नेप्से परिसूचक लगातार  तीन दिन घटेको छ । तीन कारोबार दिनमा परिसूचक १ दशमलव ८८ प्रतिशत घटेको छ । केही समय देखि पर्ख र हेरको अवस्थामा लगानीकर्ता थिए । तर, आइतवार भने विक्रेता हाबी भएसँगै बजार तल झरको हो ।  लामो समयदेखि १९९० विन्दुभन्दा तल नझरेको नेप्से  आइतवार भने उक्त सर्पोट विन्दुभन्दा तल झरेको हो ।   पछिल्लो समय धितोपत्रको दोस्रो बजार घटिरहेको समयमा  सेबोनले धमाधम आइपीओ र हकप्रद शेयर जारी गर्न अनुमति दिइरहेको छ । यसले बजारमा आपूर्ति बढाउँदा बजार प्रभावित भएको लगानीकर्ताको भनाइ छ ।  बजार निरन्तर  घटिरहँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । यसोत वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य रकम भए पनि कर्जाको माग नहुनु लाई कारण मानिएको छ भने महँगो ब्याजदरले गर्दा बजार प्रभावित भएको देखिन्छ ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशलमव ४९ प्रतिशत घटेर १ हजार ९६० दशमलव ७८ विन्दुमा झरेको छ । २७६ धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर ३७ हजार ४१ पटकमा रू. १ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएको हो ।  सेन्सेटिभ इन्डेक्स १ दशलमव ३३ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३३ प्रतिशत घटेको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २५४ दशमलव १० पुगेको हो । त्यस्तै दोस्रोमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ५ दशलमव ५६ प्रतिशत बढेर रू. २५४ दशमलव ९० पुगेको छ ।  आइतवार सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी र सिटी होटलका शेयरधनीले गुमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेसँगै धेरै गुमाएका हुन । सिटी होटलको शेयर मूल्य रू. ६८० दशमलव ४० र लिवर्टी इनर्जीको रू.२०२ दशमलव ५० मा झरेको छ । सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू.३ करोड ८८ लाख बराबर भएको छ। कम्पनीको शेयर मूल्य रू. ४३८ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्सको रू. ३ करोड ७६ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशलमव ०३ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको २ दशमलव ३३ प्रतिशत , निर्जीवन र जीबन बीमा समूहको परिसूचक २ प्रतिशतका दरले घटेको हो । बजार कुल पूँजीकरण रू.२९ खर्ब ३५ अर्ब भन्दा बढी कायम भएको छ ।

गत आवमा सुन आयात ३ वर्षयताकै कम, अघिल्लो आवभन्दा ४२ प्रतिशत घट्यो

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) ०७९/८० मा उक्त मूल्यको २९ लाख १६ हजार ५८६ ग्राम पहेंलो धातु नेपाल भित्रिएको हो । सुन आयातको परिणाम अघिल्लो आवभन्दा ४२ प्रतिशत कम हो । आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब रुपैयाँको ५० लाख ५३ हजार ग्राम सुन आयात भएको थियो ।  गत आवको सुन आयात परिणामका हिसाबले पछिल्लो ३ वर्ष (आव २०७७/७८) यताकै कम हो । (हेर्नुस् तालिका) ६ वर्षमा सुन आयात स्रोत : भन्सार विभाग  सुन आयात घटेसँगै यसबाट सरकारले पाउने राजस्व पनि घटेको छ । अघिल्लो आवमा सुन आयातबाट ४ अर्ब २९ करोड राजस्व संकलन भएकोमा गत आवमा त्यो रकम २ अर्ब ५३ करोड रुपैयाँ मात्रै छ ।  युएईबाट भित्रियो सबैभन्दा धेरै गत आवमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), स्विट्जरल्याण्ड, टर्की र उब्जेकिस्तानबाट सुन आयात गरेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै सुन यूएईबाट नेपाल भित्रिएको छ । सो आर्थिक वर्षमा यूएईबाट १८ अर्ब ९१ करोडको २४ लाख ६६ हजार ५४६ ग्राम सुन आयात भएको हो । त्यसैगरी, टर्कीबाट २ अर्ब ७२ हजार रुपैयाँको ३ लाख ५० हजार ग्राम, स्विट्जरल्याण्डबाट ७० करोड ९९ हजारको १ लाख ग्राम र उब्जेकिस्तानबाट २ लाख ८० हजारको ४० ग्राम सुन नेपाल भित्रिएको छ । 'कोटा प्रणालीको असर' नेपाल सुन चाँदी व्यवासायी महासंघका अध्यक्ष मणिकरत्न शाख्य सुन आयातमा कोटा प्रणाली राखिएकाले आयात घटेको बताउँछन् । 'सरकारले अहिले पनि सुन आयातको कोटा दैनिक १० किलो राखेको छ । त्यसैले आयात घटेको हो,' उनले भने, 'हामीले सुन आयातमा १० किलो कोटा हटाउन सम्बन्धित निकायसँग पहल गरिरहेका छौं ।'  आर्थिक मन्दीका कारण बजार घटेकाले अहिले माग धानिरहेको उनको भनाइ छ । ‘सुन बजार स्लो भएकाले अहिलेसम्म बजारको माग धानिरहेको अवस्था छ,’ उनी भन्छन् ।  पाँच वर्षमा मूल्य दोब्बर सुनको मूल्य पाँच वर्षमा दोब्बरले बढेको छ । २०७५ साउन १० मा सुनको मूल्य प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आजको दिनमा सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव आए पनि पछिल्लो केही महीनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ । गत वर्ष पुस १ गते प्रतितोला ९९  हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । सुनको मूल्य साउन ४  गते अहिलेसम्मकै सर्वाधिक तोकिएको छ । उक्त दिन सुन तोलाको १ लाख १३  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन् ।

५ वाणिज्य बैंक गाभिएपछि सबैभन्दा ठूलो बन्यो ग्लोबल आईएमई

ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू गाभिएर एकीकृत कारोबार सुरु भएको छ । यी दुबै बैंक समान सेयर अनुपात (१ः१)मा आपसमा गाभिएका हुन् । ‘ग्लोबल आईएमई बैंक लिमिटेड’ कै नामबाटै सञ्चालनमा आएको बैंकको चुक्ता पुँजी अब करिब ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

जनार्दनको आशिर्वादले ‘मालामाल’ साहिल अग्रवालः ४० प्रतिशतले बढाए ब्यापार

अर्थमन्त्री जनार्दन शर्माले गत भदौको प्रतिस्थापन बजेट र चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्पन्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुटको नीति लिएपछि यसको एकलौटी फाइदा साहिल अग्रवालको जगदम्बा स्टिलले पाएको छ ।जगदम्बाले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४० प्रतिशतले ब्यापार पनि बढाएको छ । सन् २०२० मा २१ अर्ब १० करोडको कारोबार गरेको जगदम्बाले जनार्दन शर्माले बजेटमार्फत ब्यापक सहुलियत दिएपछि २०२१ मा कारोबार रकम २९ अर्ब ५५ करोड कटाएको छ । यद्यपी, कम्पनीले सन् २०१९ मै ३५ अर्ब बढीको कारोबार भएकोमा कोरोना लगायतका कारण २०२० मा घटेको कारोबार २०२१ मा ‘रिकभर’ भएको अर्थमा लिएको छ । नाफा कति ? शंकर ग्रुपको जगदम्बाले कुल कारोबार २९ अर्ब ५५ करोड ७० लाखको गरेकोमा ७.७ प्रतिशत नाफा कमाएको छ । यो भनेको २ अर्ब २७ करोड ५८ लाख ८९ हजार रुपैयाँ हो । चालु वर्ष २०२२ मा नाफा बढाएर १३.२० प्रतिशत पुर्याउने लक्ष्यमा जगदम्बा छ । नेपालको डण्डी उद्योगले सन् २०२१ मा गरको कुल ब्यापारको ३५ प्रतिशत हिस्सा जगदम्बा ओगटेको छ । के के गर्छ उत्पादन ? जगदम्बाले फलामे डण्डी, तार, जस्तापाता लगायत उत्पादन गर्दै आएको छ । उद्योगले जगदम्बा इ, राइनो ५००–डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस (जस्तापाता), जगदम्बा पाइप र जगदम्बा वायर उत्पादन गर्दै बिक्रि गर्छ । ३४ अर्ब ३७ करोड रुपैयाँ ऋणमा रहेको जगदम्बा स्टिल उद्योगले अरु उत्पादनभन्दा बढी फलामे डण्डी उत्पादन गर्छ । यसको क्षमता वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ ।

यो साता ३७ अर्ब ८१ करोडभन्दा बढीको कारोबार : कुल बजार पूँजीकरण १ खर्बले बढ्यो

माघ ८, काठमाडौं । माघ महीनाको पहिलो साताको कारोबारमा कुल बजार पूँजीकरण रू. १ खर्ब ५ अर्ब ४० करोड ३६ लाखले बढेको छ । यो साता बजार ७३ दशमलव ५९ अंकले बढ्दा सूचीकृत कम्पनीहरुको कुल शेयरको मूल्य पनि बढेको हो । गत साताको अन्तिम कारोबार दिन रू. ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड कायम भएको हो । यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ ।  साताको पहिलो दिन ६९ अंकले बढेको बजार दोस्रो दिन पनि २० दशमलव ६९ अंकले बढेको हो । तेस्रो दिन १० दशमलव ७८ अंक र चौथो दिन ३८ दशमलव ३५ अकले घटेको बजार पाँचौ दिन पुनः ३३ दशमलव शून्य ३ अंकले बढेर बन्द भएको हो । गत साता २ हजार ८५७ दशमलव ७५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ७३ दशमलव ५९ अंकले बढेर २ हजार ९३१ दशमलव ३४ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९१ अंकले बढेको छ । गत साता ५३० दशमलव ८३ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५४३ दशमलव ७४ विन्दुमा पुगेको हो । गत साता रू. ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार बराबरको ६ करोड ९२ लाख ९८ हजार ५७२ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता शेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता रू. २ अर्ब १६ करोड ३३ लाख १६ हजार बराबरको ७२ लाख ६२ हजार ५५ कित्ता बढी शेयर कारोबार भएको हो ।  यो साता बजारका सबै सूचकहरु सकारात्मक देखिएका छन् । पछिल्लो समय नेप्से परिसूचक उकालो यात्रामै रहेको छ । कोभिडको तेस्रो लहरको जोखिमका बीच पनि बजारले भने सकारात्मक गति लिनु भनेको लगानीकर्ताहरु बजार अझमाथि जानेमा आशावादी रहेको बुझ्न सकिन्छ । यसअघि पनि कोभिड प्रभावका विच ऐतिहासिक रेकर्ड कायम गरेको स्मरणमा लगानीकर्ताहरु अझै पनि यसको प्रभाव बढ्दै गए अन्य व्यवसायी क्षेत्रमा प्रभाव परेपनि बजार भने थप गतिशिल बन्ने विश्वास लगानीकर्ताहरुको छ । पूर्ण अनलाईन कारोबार प्रणालीमार्फत देश तथा विदेशबाट सम्पूर्ण नेपालीहरुले घरमै बसेर कारोबार गर्न सक्ने वातावरणका कारण कोभिडको जोखिमका विच पनि बजारले गति लिनेमा लगानीकर्ताहरु विश्वस्त बनेका हुन् । यो साता अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत वृद्धि भएको हो । गत साता २ हजार १३७ दशमलव ०१ विन्दुमा रहेको अन्य समूहको परिसूचक यो साता २ हजार २१७ दशमलव ३५ विन्दुमा पुगेको हो । अन्य समूहसँगै यो साता बैंकिङ समूहको ३ दशमलव ६१ प्रतिशत, जलविद्युतको र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ३५ प्रतिशत र जीवन बीमाको ३ दशमलव १९ प्रतिशत परिसूचक बढेको छ । यो साता म्युचुअल फण्डको २ दशमलव ७१ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव २३ प्रतिशत, विकास बैंकको २ प्रतिशत र होटल्स तथा पर्यटन समूहको १ दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।  गत साताभन्दा यो साता व्यापारिक समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत, लघुवित्तको शून्य दशमलव शू्न्य ४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक घटेको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

चैतको तेस्रो साता : सेयर लगानीकर्ताको पुँजी १ खर्ब १५ अर्बले बढ्यो

२१ चैत, काठमाडौं । चैत महिनाको तेस्रो साता समग्रमा सेयर लगानीकर्ताहरुका लागि सुखद बनेको छ । दोस्रो साता सेयर कारोबार मापक नेप्से परिसूचक घटेर निराश बनेका लगानीकर्ताहरुका लागि तेस्रो साता भने सुखद नै रह्यो । अझ सेयर बजार पुँजीकरणले त नयाँ रेकर्ड नै राखेको छ । कुल पुँजकिरण रकम ३६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेर […]