जनार्दनको आशिर्वादले ‘मालामाल’ साहिल अग्रवालः ४० प्रतिशतले बढाए ब्यापार

अर्थमन्त्री जनार्दन शर्माले गत भदौको प्रतिस्थापन बजेट र चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्पन्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुटको नीति लिएपछि यसको एकलौटी फाइदा साहिल अग्रवालको जगदम्बा स्टिलले पाएको छ ।जगदम्बाले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४० प्रतिशतले ब्यापार पनि बढाएको छ । सन् २०२० मा २१ अर्ब १० करोडको कारोबार गरेको जगदम्बाले जनार्दन शर्माले बजेटमार्फत ब्यापक सहुलियत दिएपछि २०२१ मा कारोबार रकम २९ अर्ब ५५ करोड कटाएको छ । यद्यपी, कम्पनीले सन् २०१९ मै ३५ अर्ब बढीको कारोबार भएकोमा कोरोना लगायतका कारण २०२० मा घटेको कारोबार २०२१ मा ‘रिकभर’ भएको अर्थमा लिएको छ । नाफा कति ? शंकर ग्रुपको जगदम्बाले कुल कारोबार २९ अर्ब ५५ करोड ७० लाखको गरेकोमा ७.७ प्रतिशत नाफा कमाएको छ । यो भनेको २ अर्ब २७ करोड ५८ लाख ८९ हजार रुपैयाँ हो । चालु वर्ष २०२२ मा नाफा बढाएर १३.२० प्रतिशत पुर्याउने लक्ष्यमा जगदम्बा छ । नेपालको डण्डी उद्योगले सन् २०२१ मा गरको कुल ब्यापारको ३५ प्रतिशत हिस्सा जगदम्बा ओगटेको छ । के के गर्छ उत्पादन ? जगदम्बाले फलामे डण्डी, तार, जस्तापाता लगायत उत्पादन गर्दै आएको छ । उद्योगले जगदम्बा इ, राइनो ५००–डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस (जस्तापाता), जगदम्बा पाइप र जगदम्बा वायर उत्पादन गर्दै बिक्रि गर्छ । ३४ अर्ब ३७ करोड रुपैयाँ ऋणमा रहेको जगदम्बा स्टिल उद्योगले अरु उत्पादनभन्दा बढी फलामे डण्डी उत्पादन गर्छ । यसको क्षमता वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ ।

सम्बन्धित सामग्री

राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा

काठमाडौं– राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । […]

उद्योगी साहिल अग्रवाल जनसेवाश्री पदकबाट विभुषित

काठमाडौं, २ बैशाख । संविधान दिवस २०७८ को अवसरमा शंकर ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी साहिल अग्रवाललाई सम्मानित गरिएको छ । राष्ट्र, राष्ट्रियता र समाजप्रति पुर्ण सर्मपित भई विशिष्ट योगदानको कदर स्वरुप उद्योगी अग्रवाललाई सरकारको तर्फबाट राष्ट्रपति विद्या भण्डारीद्धारा विभुषित गरिएको हो । शंकर ग्रुपमार्फत राष्ट्र, राष्टियता र समाजप्रति योगदान गर्नसक्नु आफ्ना लागि गर्वको विषय […]

साहिल अग्रवाल खोज्दै सरकार, अकुत सम्पत्ति र कर छलीको आरोप

काठमाडौं, १५ भदौ । कर छली र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सकारले जगदम्बा स्टिल्सका सञ्चालक साहिल अग्रवाललाई अनुशन्धानको घेरामा राखेको छ। पछिल्लो समय साहिललाई सम्पत्ति शुद्धिकरण र राजश्वले खोजी गरेको उच्च स्रोतको दाबी छ । उनी एकपछि अर्को गरेर विवादमा मुछिएका व्यापारी हुन् । उनीमाथि ठूलो मात्रामा कर छलेको आरोप छ । तर, उच्च […]

एक वर्षमा रियलमीलाई नेपालको प्रमुख तीन स्मार्टफोनमा पुर्याउँर्छौं– साहिल अग्रवाल

चिनिया मोबाइल ब्राड रियलमीको आधिकारिक बिक्रैताका रुपमा शंकर ग्रुप आएसँगै एक वर्षभित्र नेपालको प्रमुख तीन स्मार्टफोनका रुपमा स्थापित गर्ने घोषणा गरेको छ । आइतबार नेपालको आधिकारिक बिक्रैताको रुपमा शंकर ग्रुप भएको घोषणा गर्दै एक वर्षभित्रमा यहाँको प्रमुख तीन मोबाइल कम्पनीभित्र पर्ने गरी रणनीति बनाएको जनाएको छ ।  कार्यक्रममा बोल्दै रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र...