चैत २, नयाँदिल्ली(भारत) । भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको प्यारेन्ट कम्पनी वान नाइन्टी सेभेन कम्युनिकेशनको शेयरमूल्य लगातार तल झरिरहेको छ ।
झण्डै एक वर्षअघि प्रारम्भिक शेयर निष्कासन(आईपीओ) गरेको उक्त कम्पनीको शेयरमूल्य कीर्तिमानी रुपमा न्यून विन्दुमा घटिरहेको छ । अर्थात् कम्पनीको शेयरमूल्य मंगलवारको कारोबार दिनसम्ममा ७० प्रतिशतले घटिसकेको छ ।
गत वित्त वर्षको नोभेम्वर १८ मा आईपीओ निष्कासनपछि कम्पनीको शेयरमूल्यमा प्राथमिक चरणमा निक्कै नै उचारचढाव आएको थियो तर अहिले पनि घटिरहेको अवस्था छ । कम्पनीको शेयरमूल्य बम्वई स्टक मार्केट डेब्यूमा २७ प्रतिशतभन्दा धेरैले घटेको थियो ।
कम्पनीको शेयर प्रतिकित्ता २ हजार १५० भारुमा सूचीकृत भएको थियो । मंगलवारको कारोबार दिनमा नेशनल स्टक एसक्सचेञ्ज(एनएसई) मा कम्पनीको शेयरमूल्य ६३६ दशमलव १० भारतीय रुपया(भारु) मा कारोबार भइरहेको छ । उता बम्वई स्टक एक्सचेञ्ज(बीएसई) मा भने कम्पनीको शेयरमूल्य ६९५ भारुमा कारोबार भइरहेको छ । यसरी हेर्दा कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता करीब १ हजार ६०० भारु गुमाइ सकेका छन् ।
कम्पनीको शेयर लगातार घट्नु तथा उत्साहजनक व्यापार गर्न नसकि उच्च घाटामा जानुलाई कतिपय बजार विश्लेषकहरुले अझै केहि समयसम्म लगानीकर्ताका लागि दवाव आइरहने बताएका छन् । उनीहरुका अनुसार कम्पनीको शेयरमूल्यमा दवाव र व्यापार घाटा कायमै रहेमा यसको असर अल्पकालिन वा मध्यमकालिन लगानीकर्ताहरुमा पर्ने छ । कम्पनीको अधिकृत पूँजी ६१ हजार ७९६ दशमलव ६९ करोड भारु रहेको छ ।
संस्थापक विजय शेखर शर्मालाई झट्का, अर्बपतिबाट पनि बाहिर
कम्पनीको शेयरमा जारी गिरावटका कारण कम्पनीका संस्थापक विजय शेखर शर्मालाई झट्का लागेको छ । उनी अहिले अर्बपति क्लवबाट पनि बाहिरिएका छन् । आर्थिक पत्रिका फोर्ब्सका अनुसार शर्माको कुल पूँजीकरण आईपीओ सूचीकृत हुनुपुर्व २ दशमलव ३५ अर्ब डलर रहेको थियो । तर अहिले आएर उनको पूँजी घटेर ९९ दशमलव ९ अर्ब डलर आइपुगेको छ ।
उक्त कम्पनीमा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्ट बैंकलगायतको लगानी रहेको छ । एजेन्सीको सहयोगमा
यो पनि हेर्नुस् :
पेटीएम ७७८ करोड रुपया नोक्सानीमा, पेटीएमबाट के शिक्षा लिने ?