काठमाण्डौ – सर्वोच्च अदालतले कम वातावरणीय क्षति हुने गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने यसअघिको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कम वातावरणीय क्षति हुने गरी बनाउनू भन्ने आदेश दिएको छ । तर निजगढ विमानस्थलको बारेमा भने मौन रहेको छ । फैसलामा फरक राय दिने दुई न्यायाधीश हरिकृष्ण कार्की र मनोजकुमार शर्माले भने निजगढमा नै कम वातावरणीय क्षति हुने गरी बनाउनुपर्ने धारणा राख्नुभएको छ । तर तीन जना न्यायाध...