शंख फुकेर इन्धनमा भएको मूल्यवृद्धिको विरोध

काठमाडौं। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले शंख फुकेर विरोध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार पूर्वनिर्धारित आन्दोलनअनुसार नै आइतबार विद्यार्थी संगठनहरुले राजधानीसहित देशभर शंख फुकेर इन्धनको मूल्यवृद्धिको विरोध गरेका हुन्। चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुले निगमका गाडीहरू चल्न नदिने, पेट्रोलियम ढुवानी र बिक्री ठप्प पार्नेलगायतका आन्दोलन घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

शंख फुकेर पेट्रोलियम पद्धार्थको मूल्‍यवृद्धिको विरोध (तस्बिरहरु)

काठमाडौं, असार २७ । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल(छैठौँ) ले आइतबार प्रतिगमन, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध शंख फुक्दै विद्यार्थीहरु सडकमा

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विपक्षी गठबन्धन आबद्ध विद्यार्थी संगठनहरु सडकमा निस्किएका छन् ।