काठमाण्डाै - अमेरिकाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनका विषयमा नेपालले नै निर्णय गर्ने बताएको छ ।
एमसीसी सहयोगलाई लिएर अमेरिकाले नेपाललाई कुटनीतिक दबाब दिएको चीनको भनाइ आएको भोलिपल्ट नेपालका लागि अमेरिकी दूतावासले नेपाल सार्वभौम लोकतान्त्रिक देश रहेकाले एमसीसीबारे नेपालले नै निर्णय गर्ने जनाएको छ ।
शुक्रवार चीनले एमसीसीलाई लिएर अमेरिकाले कुटनीतिक दबाब दिएको भन्दै आफूहरुले त्यसको विरोध गर्ने बताएको थियो ।
अमेरिकी दूतावासले निकालेको विज्ञप्तिमा ‘नेपाली नेताहरूले एमसीसीको ...