प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोग पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले औपचारिक रूपमै तयारी सुरु गरेको जानकारी दिए।
उनले निर्वाचनसँग सम्बन्धित ५५ वटा क्रियाकलाप समेटिएको निर्वाचन कार्यक्रम छिट्टै आयोगले स्वीकृत गर्ने बताए ।
उनले भने, “बाहिरबाट नियाल्दा निर्वाचन एक दिनको काम हो ...