यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,” उनले भने, “मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।”मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्ति पत्र दिई मतपत्र, मत पेटिकालगायत निर्वा