पाकिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी आर्थिक पुन:उत्थानले निरन्तरता पाएको जनाएको छ । देशमा बालीको उत्पादन ठूलो परिमाणमा वृद्धि भएको, कर संकलनमा वृद्धि र निर्यात उत्साहजनक भएको केन्द्रीय बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि विश्व्यापी मूल्यवृद्धि, बढ्दो मुद्रास्फीति र चालू घाटाले पाकिस्तानी अर्थतन्त्रलाई चुनौती खडा गरेको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । कोभिड–१९ को सुधारिएको अवस्था र सशक्त खोप अभियानले ठूलो मात्रामा निर्वाध आर्थिक गतिविधिका लागि मार्ग प्रशस्त गरेको प्रतिवेदन...