नेपालबाट कतारमा खानेपानी लैजाने विषयमा छलफल

खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार भेटघाट भएको छ । खानेपानी मन्त्रालय सिंहदरबारमा भएको भेटघाटमा खानेपानीमन्त्री र राजदूतबीच नेपालबाट खानेपानी निर्यात गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन् ।

सम्बन्धित सामग्री

धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल

काठमाडौं । धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान र भौतिक पूर्वाधार निर्माणलगायतका विषयमा धरानका जनप्रतिनिधि तथा नेकपा एमाले नेताहरुले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार बिहान मन्त्री निवास पुल्चोकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री भगवती चौधरीसँग धरानबाट आएको टोलीले छलफल गरेको हो । झापादेखि […]

मेलम्ची खानेपानीबारे अर्थ मन्त्रालयमा छलफल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा देखिएको अन्योलबारे अर्थ मन्त्रालयमा छलफल भएको छ । उक्त आयोजनाबारे खानेपानीमन्त्री महिन्द्रराय यादव र स्थानीय प्रतिनिधिहरूसँग अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार छलफल गरेका हुन् ।  सो आयोजनाबाट पानी आपूर्ति तथा वितरण नियमित बनाउन बजेटको अभाव हुन नदिने भन्दै अर्थमन्त्री महतले यथाशीघ्र काम अघि बढाउन आग्रह गरेका छन् । छलफलपछि खानेपानीमन्त्री यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाइने बताए । मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गरेर अघि बढ्ने उनको भनाइ छ । ‘मेलम्चीको खानेपानी नियमित गर्ने विषयमा अर्थ मन्त्रालयसँग भएको छलफल सकारात्मक छ,’ उनले भने, ‘खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, उपभोक्ता, वितरकलगायत सरोकारवालासहित पुन: छलफल गरेर पानी ल्याउने प्रक्रिया अघि बढाउँछौं, जतिसक्दो चाँडो काठमाडौंका जनतालाई पानी खुवाउँछौं ।’ यता, काठमाडौंवासीले भने एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि सो पानी काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उपभोक्ता तथा सरोकारवालाको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीको पानी एक हप्ताभित्र काठमाडौं आउने गरी बजेटको व्यवस्था गर्न आग्रह गरिएको बताए । गौतमका अनुसार हेलम्बुका स्थानीयले माग गरेको ११ करोड ५० लाख ६६ हजार रुपैयाँ सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ । ‘सरकारले चाह्यो भने यो पानी आउन एक हप्ता पनि लाग्दैन, हामी अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय धाइरहेका छौं, स्थानीय तहमा केही समस्या छन्,’ उनले भने, ‘स्थानीयले माग गरेको रकम राज्यले तुरुन्त निकासा गरिदिनुपर्छ र काठमाडौंवासीलाई पानी खुवाउनुपर्छ ।’ यसैबीच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा हेलम्बुका स्थानीयले कुनै पनि अवरोध नगरेको बताएका छन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने सरकारले तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिए । सरकारले यसअघि स्थानीयसँग गरेका सम्झौता पूरा नगरेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।

काठमाडौँवासीलाई छिट्टै मेलम्चीको पानी खुवाउँछु : खानेपानीमन्त्री

काठमाडौँ : खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन्।काठमाडौँवासीले एक हप्ता भित्र खानेपानी व्यवस्था गर्न दबाब दिइरहेका बेला उनले मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन्।खानेपानी उपभोक्तासँगै अर्थमन्त्री डा. महतसँग भेट गरेका उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताए । मन्त्री यादवले फेरि उपभोक्ता, भेन्डरसहित अर

खानेपानी सुधारको आयोजना छिटो शुरू गर्न पहल

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै शुरू गर्न आग्रह गरेका छन् । केही दिनअघि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल शुरू गर्न उनले आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थ मन्त्रालयका सचिवले गतवर्ष फागुनमै हस्ताक्षर गरेका थिए । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षण समेत गरेका थिए । सो अवसरमा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गराए । जाइकाले निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा खानेपानी समस्या समाधान हुने दाबी उनले गरे । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ । उक्त आयोजनाले विराटनगरको खानेपानी क्षेत्र सुधारको लक्ष्य लिएको छ । भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तरराष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए ।   यसैबीच, मेयर कोइरालाले यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसँग भेटघाट गरेका छन् । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाइ, पार्किङ, फूटपाथ व्यवस्थापनलगायत सुधारको शुरुआत गरेको उनले बताएका थिए । मेयर कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकार प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको बताए । समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि उनले केभ्यान्सदसँग संवाद गरेका थिए ।

मेलम्ची स्थायी बनाउन ५० करोड लगानी हुँदै

काठमाडौं, मंसिर २७ । । मेलम्ची खानेपानी आयोजना वर्षैभरि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने विषयमा छलफल सुरू भएको छ । मनसुनजन्य विपत्तिका कारण आयोजना ६ महिनामात्रै सञ्चालन हुने भएपछि बाह्रै महिना सञ्चालनमा ल्याउने गरी नयाँ संरचना थप गर्ने तयारी भएको हो । राजधानीका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो आयोजना वर्षैभरि सञ्चालनमा ल्याउनका लागि […]

मेलम्चीलाई स्थायी बनाउन ५० करोड लागानी हुँदै

मेलम्ची खानेपानी आयोजना वर्षैभरि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने विषयमा छलफल सुरु भएको छ । मनसुनजन्य विपत्तिका कारण आयोजना ६ महिनामात्रै सञ्चालन हुने भएपछि बाह्रै महिना सञ्चालनमा ल्याउने गरी नयाँ संरचना थप गर्ने तयारी भएको हो । राजधानीका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो आयोजना वर्षैभरि सञ्चालनमा ल्याउनका लागि सकेसम्म जेठ मसान्तभित्र नै नयाँ […]

डेंगु नियन्त्रण गर्न छलफल

काठमाडौं । नेपालमा डेंगुको महामारी बढेर मानिसको ज्यानै गएपछि बल्ल मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा छलफल शुरू भएको छ । सो छलफल रोग नियन्त्रण तथा रोकथामसम्बन्धी विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुरू भएको हो । छलफलमा स्वास्थ्य तथा जनसंख्या, खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं उच्च पदस्थ […]

न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरु लाग्नुपर्ने बताए । उनले तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो कांग्रेस निर्माणका लागि युवाहरु एकजुट हुन आग्रह गरे । युवाहरु देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने […]

विकास समितिको आगामी बैठकमा मेलम्ची र बाहिरी चक्रपथबारे छलफल हुने

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको छ।समितिको बुधबार बसेको बैठकले आगामी बैठकमा काठमाडौँ-तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको हो। प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने आ