काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको छ।समितिको बुधबार बसेको बैठकले आगामी बैठकमा काठमाडौँ-तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको हो। प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने आ