काठमाडौं : न्याय सेवा आयोगले चार सचिव र सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले दुई सचिव र दुई सहसचिवसहित ८६ जनाको सरुवाको निर्णय गरेको हो।सरुवा हुनेमा महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिव सरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ।उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उ