आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबाट ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । लुम्बिनी प्रदेशमा रिक्त हुने तीन सीटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच प्रतिस्पर्धा हुने भएको हो ।सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीले पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाले रुपन्देहीका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमाले