उखु किसानको बक्यौता भुक्तानी देऊ !

आन्दोलन चर्केपछि मात्र वार्ता गर्ने र सम्झौता गरेर आन्दोलन तुहाउने प्रवृत्ति त्यागेर सरकारले उखु किसानले आन्दोलनै नगरी बक्यौता भुक्तानी पाउने बन्दोबस्त मिलाओस् ।

सम्बन्धित सामग्री

उखु किसानले हस्ताक्षर गर्न नमानेको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

उखु किसानहरुले लामो समयदेखि चिनी मिलहरुबाट बक्यौता भुक्तानी नपाएको लगायतका समस्या सम्बोधन गर्ने उद्देश्यले सरकारले गत वर्ष एक प्राविधिक समिति गठन गरेको थियो । उखु किसान र उद्योगीहरुका बीचमा देखा परेका विभिन्न समस्या अध्ययन गरी दीर्घकालीन सुझाव दिन गठन गरिएको उक्त समितिले प्रतिवेदन तयार पारिसके पनि किसानका प्रतिनिधिले हस्ताक्षर नगरेका कारण अन्योल बढेको छ ।समितिका सदस्य रहेका उखु किसानका प्रतिनिधिले हस्ताक्षर नगरेकै कारण सो प्रतिवेदन अलपत्र परेको हो । गत पुस १३ गते सरकार र उखु किसानबीच पाँच

उखु किसान र सरकारबीच वार्ता आज

उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदलको बैठक बिहीबार बस्ने भएको छ । किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि पहिलो बैठक बिहीबार बस्न लागेको हो । तथापि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले आन्दोलनबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले बिहीबार कार्यदलको बैठक बस्न लागेको र त्यसमा किसानका प्रतिनिधिलाई समेत बोलाइएको बताउनुभयो ।

भदौ पहिलो सातासम्म उखुको रकम भुक्तानी नपाए आन्दोलन

उखु किसानले आगामी ५ भदौसम्म उखुको बक्यौता रकम भुक्तानी गर्नका लागि अल्टिमेटम दिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका किसानले बिहीबार पत्रकार सम्मेलन गरेर ५ भदौसम्म रकम भुक्तानी गर्नका लागि समय तोकेका हुन् ।तोकिएको समयभित्र चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने किसानहरूले घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि […]

उखु किसानसँग यस्तो भयो सहमति (पूर्णपाठ)

सरकार र आन्दोलनरत उखु किसानबीच ४ बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच भएको वार्तामा २१ दिनभित्र किसानको बक्यौता रकम भुक्तानी दिने गरी ४ बुँदे सहमति भएको हो ।सहमतिअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीलाई सम्पत्ति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्न...

२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

१३ पुस, काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको …

बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या बुझी बक्यौता भुक्तानी गर्न चिनी उद्यमीलाई आग्रह गर्नुभएको छ । उखु किसान राजधानीमा आन्दोलनमा रहेका बेला सोमबार मन्त्रालयमा चिनी मिलका सञ्चालकसँगको छलफलमा उहाँले किसानको समस्या बुझ्न मिल सञ्चालकलाई आग्रह गर्नुभएको मन्त्रालयले जनाएको छ । मन्त्री भट्टले भन्नुभयो, ‘‘किसानको भुक्तानी कसरी दिनुहुन्छ, त्यो तपाईंहरूको जिम्मेवारी हो, किसानको पनि समस्या बुझ्नुस्, किसानलाई समस्या नभएको भए यो जाडोमा आन्दोलन गर्न काठमाडौँ आउने थिएनन्, त्यो समस्या चाँडै समाधान गर्नुस् ।’’ भुक्तानी दिन बाँकी रहेका विभिन्न छवटा चिनी उद्योगका सञ्चालकसँग भट्टको उपस्थितिमा छलफल भएको मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘‘वर्षौंदेखि किसानको भुक्तानी भएको छैन, पटक पटक भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुहुन्छ तर भुक्तानी हुँदैन । यस पटक कसरी हुन्छ भुक्तानी गर्नुस् । अन्यथा प्रचलित कानुनअनुसार कारबाही गरिन्छ,’’ मन्त्री भट्टले स्पष्ट पार्नुभयो ।

सहमति कार्यान्वयनमा इमानदार बन

चिनी उद्योगहरूले पाँच वर्षदेखि आफ्नो उखुको बक्यौता भुक्तानी नगरेपछि राजधानी आएर आन्दोलन गरिरहेका उखु किसान र