नेपाली समाजमा अधिकांश अभिभावक तथा शिक्षक–शिक्षिका बालबालिकाले गल्ती गरे गाली गर्ने, पिट्ने वा तर्साउने गर्नुहुन्छ। ठूलो वा सानो जस्तोसुकै गल्ती भए पनि उनीहरूलाई राम्रोसँग सम्झाई बुझाई गरी उपयुक्त तर्क दिएर उनीहरूका नराम्रा व्यवहार सुधार गर्नुपर्छ भन्ने ज्ञान तथा चेतनाको कमी भएको देखिन्छ। बालबालिकाले गरेका गल्तीप्रति अभिभावक तथा शिक्षक–शिक्षिकाले रिसाएर, पिटेर, तर्साएर वा धम्क्याएर तत्काल प्रतिक्रिया […]