मंसिर महिनामा सम्पन्न भएका शीर्ष दलहरूको महाधिवेशनको चर्चा सेलाइसकेको छ । वामपन्थी नामधारी दलहरूले महाधिवेशनमार्फत प्रमाणपत्रको नवीकरण गर्न भ्याए भने नेपाली काँग्रेसमा परिवर्तन खोजिरहेको फरक नेतृत्वको तीव्र आकाङ्क्षालाई सत्ता र सामर्थ्यले दिग्भ्रमित बनायो । बरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा परिवर्तनका पक्षमा केही सकारात्मक प्रभाव देखिए । तर, तत्कालका लागि राष्ट्रिय राजनीतिमा राप्रपाको निर्णायक भूमिका […]