उत्तर प्रदेशका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन

एजेन्सी । उत्तर प्रदेश सरकारका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन भएको छ ।राज्यमन्त्री कश्यपको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कश्यप उत्तर प्रदेशका विद्यायक हुन् ।आदित्यनाथ योगी नेतृत्वको सरकारमा बाढी नियन्त्रण राज्यमन्त्री रहेका उनलाई २९ अप्रिलमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । 

सम्बन्धित सामग्री

भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको निधन

काठमाडौं : बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ। रुकुम पश्चिमको आठविस नगरपालिका–६ का ६५ वर्षीय पुरुषको आज विहान तीन बजे संक्रमणबाट निधन भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए।उनले अहिलेसम्म खोप नलगाएको पनि वलीले जनाकारी दिए। योसँगै बाँके जिल्लामा उपचारका लागि आएका ४ सय ४१ जनाको निधन भएको छ भने बाँकेका ३ सय ४६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ।

कोरोना संक्रमणबाट कांग्रेस नेता रामजी कुँवरको निधन

२१ असार, काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कुँवरको सोमबार दिउँसो निधन भएको हो । कुँवर अपरान्ह साढे पाँच बजे निधन भएको आफन्त डा. केदारनरसिंह केसीले जानकारी दिए । कुँवर स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार थिए ।

कोरोना संक्रमणबाट नर्सिङ शिक्षक शाक्यको निधन

कोरोना भाइरसको संक्रमणका कारण नर्स नेसुम शाक्यको निधन भएको छ। नर्सिङ शिक्षक शाक्यको उपचारका क्रममा निधन भएको हो।

कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन

ओखलढुंगा । कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ । कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन […]

कोरोना संक्रमणबाट रुपन्देहीका पत्रकार चौधरीको निधन

रुपन्देहीका पत्रकार हिक्मत चौधरीको बुधवार बिहान निधन भएको छ । कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका चौधरीको निधन भएको हो । उनमा २ हप्ताअघि कोरोना पुष्टि भएको थियो । लामो समयदेखि पत्रकारितामा संलग्न ६१ वर्षीय चौधरी रेडियो लुम्बिनीमा कार्यरत थिए ।

धरानमा दुईजना कोरोना संक्रमितको निधन

कोरोना संक्रमणबाट आज धरानमा थप दुईजनाको निधन भएको छ। धरानको वडा नं ११ र वडा नं १५ का कोरोना संक्रमितको निधन भएको हो।...

कोरोना संक्रमणबाट नेपाल प्रहरीका असइको निधन

काठमाडौं। कोरोना संक्रमणबाट एक नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) को निधन भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचाररत असइ देवी पुरीको निधन भएको हो। महानगरीय अपराध महाशाखाका कार्यरत असई पुरी कोरोना संक्रमणपछि एकसाता अघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए।

कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं। कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत न्यायाधीश श्रेष्ठको उपचारकै क्रममा बुधबार साँझ निधन भएको हो। उनलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमणबाट न्यायापालिका कर्मचारीको निधन भएको यो पहिलो घटना हो।

कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका […]

कोरोना भेरियन्टबाट बेलायतमा एक नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्यान्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै, कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८।७ प्रतिशत कोरोनाबाट मुक्त भएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माले जानकारी दिनुभयो । खोप अभियानमा सहभागी बनौँ स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरूले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् । बेलायत, क्यालिफोर्निया तथा एसिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी सङ्क्रामक छ । स्वास्थ्य समितिले नयाँ भेरियन्ट विरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ । विभिन्न दीर्घरोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकालाई खोप नलगाउन भनिएको छ । यस्तै १८ वर्ष मुनिकालाई ...