श्रीलंकाका नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । सर्वसाधारणबीच अलोकप्रिय विक्रमासिंघेलाई श्रीलंकाका सांसदहरूले बुधबार नयाँ राष्ट्रपतिमा चयन गरेका हुन् । उनीसामु आर्थिक रूपमा ध्वस्त श्रीलंकालाई सहज अवस्थामा फर्काउने र महिनौं लामो विरोध प्रदर्शनपछि बिग्रिएको देशको शासन सुव्यवस्था पुनःस्थापित गर्ने चुनौती छ ।