आजदेखि अमेरिका आउँदा कोभिड खोपको प्रमाण नचाहिने

आजदेखि अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले अमेरिका आइपुग्दा कोभिड खोपको प्रमाण देखाउनु नपर्ने ह्वाइट हाउसले जनाएको छ । देशमा कोरोनाभाइरस सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यसँगै अमेरिकाले मे ११ बाट खोपको आवश्यकता हटाउने भएको हो । हवाई, स्थल र फेरीबाट अमेरिका प्रवेश गर्ने गैर अमेरिकी यात्रुहरुका लागि पनि खोपको प्रमाण देखाउनुपर्नेछैन ।  एक विज्ञप्तिमा व्हाइट हाउसले अमेरिका अब फरक […]

सम्बन्धित सामग्री

मे ११ पछि अमेरिका आउँदा कोभिड खोपको प्रमाण नचाहिने

अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले चाँडै नै अमेरिका आइपुग्दा कोभिड खोपको प्रमाण देखाउनु नपर्ने ह्वाइट हाउसले जनाएको छ । देशमा कोरोनाभाइरस सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यसँगै अमेरिकाले मे ११ बाट खोपको आवश्यकता हटाउने भएको हो । हवाई, स्थल र फेरीबाट अमेरिका प्रवेश गर्ने गैर अमेरिकी यात्रुहरुका लागि पनि खोपको प्रमाणा देखाउनुपर्नेछैन । सोमबार एक विज्ञप्तिमा व्हाइट हाउसले अमेरिका […]

कान्टे र रुवेनले चेल्सीको प्रि–सिजन भ्रमण गुमाउने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्धय एनगोलो कान्टे र रुवेन लफटस चिकले क्लबको प्रि–सिजनको अमेरिका भ्रमण गुमाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को खोपको स्थितिका कारण उनीहरु दुवैले अमेरिका भ्रमण गुमाउने भएको क्लबले जनाएको छ । चेल्सीका टोली शनिबार प्रि–सिजनको लागि अमेरिकाको लस एन्जलस भ्रमणमा निस्किसकेको छ । कोरानाविरुद्धको पुर्ण खोप नलगाएका व्यक्तिलाई अमेरिका […]

कोभिड खोपको विरोधमा क्यानडाको राजधानी दोस्रो दिन ठप्प, प्रधानमन्त्रीले घर छाडे

एजेन्सी । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। राजधानी ओटावामा ुफ्रिडम कन्भोईु भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्। ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन्। सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले […]

दुवै डोज खोप लगाउनेलाई इन्फेक्सन हुने खतरा ६० प्रतिशत कम

कोभिड–१९ विरुद्धको खोप लगाएपछि पनि कोरोनाको इन्फेक्सन भएको पाइएको छ । यसलाई वैज्ञानिकहरुले ‘ब्रेकथ्रु इन्फेक्सन’ को नाम दिएका छन् । भारत, अमेरिका लगायत विश्वका थुप्रै देशहरुमा यस्तो अवस्था आएको छ । खोपको दुवै डोजपछि पनि भाइरसको संक्रमणले गम्भीर बिरामी बनाउने र अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आएको छ । ‘ब्रेकथ्रु इन्फेक्सन’ रोक्नका लागि इजरायल लगायत केही देशहरुले बुस्टर डोज पनि लगाउन सुरु गरिसकेका छन् । तर, कति प्रतिशत मानिसहरुलाई खोपको दुवै डोज लगाएपछि पनि इ

राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्नेछैनौँः अमेरिकी राजदूत बेरी

काठमाडौं।नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज अमेरिकाबाट काठमाडौं आइपुगेको जोन्सन एण्ड जोन्सनको खोप अमेरिकी जनताको तर्फबाट निःशुल्क उपचार भएको बताएका छन्।१५ लाख ३४ हजार ८५० मात्रा खोप काठमाडौं आएपछि बेरीले भनेका छन्,“राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्नेछैनौँ। यो जीवनरक्षासँग जोडिएको विषय हो।”अमेरिका नेपालको कोभिड–१९ प्रतिकार्यमा सहयोग प्रदान गर्ने सबैभन्दा ठूलो दातृराष्ट्र भएको दाबी समेत उनले गरेका छन्।

भारतमा दोस्रो लहरको कोभिड संक्रमण : कारण र असर

कोभिड संक्रमणको पहिलो लहरमा अमेरिका र चीनले भन्दा राम्रो काम गरेको भनी प्रशंसा पाएको भारत अहिले आलोचनाको शिखर बिन्दुमा पुगेको छ । अमेरिका र बेलायतमा खोप सेवाको विस्तारले त्यहाँ अस्पताल भर्ना हुने कोभिडका बिरामीको संख्यामा कमी आएको देखिएको छ र पहिलो लहरमा निकै आलोचना खेपेको बेलायती प्रधानमन्त्रीले यो दोस्रो लहरमा खोपको व्यवस्था र लकडाउनको उपयुक्त […]

कोभिड–१९ खोपको पेटेन्ट अधिकार छुटको पक्षमा अमेरिका

एजेन्सी। कोरोनाविरुद्धको खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्ने विश्व प्यापार संगठन(डब्लुटीओ) को पहललाई अमेरिकाले समर्थन गरेको छ। राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक सांसद तथा अन्य १सयभन्दा बढी देशको दबाबपछि खोपमा बौद्धिक सम्पत्ति सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएका छन्। बौद्धिक सम्पदा अधिकारमा छुट दिएमा खोप उत्पादन बढ्ने भन्दै भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान सुरु भएको हो।

‘कोभिड–१९ विरूद्धको खोपमा बौद्धिक सम्पत्तीको अवरोध हटाउन अमेरिका तयार ’

अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको बताएको छ । कोभिड–१९ को महामारीलाई नियन्त्रणमा ल्याउनका लागि पेटेन्ट राइट्स सुरक्षालाई छुट दिनुपर्ने पक्षमा आफू रहेको बताएको हो । विश्व व्यापार संगठन (डब्लुटीओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पतीसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकी राष्ट्र...

कोभिड विरोधी खोपमा बौद्धिक सम्पत्ति अधिकार छूट दिने अवधारणाको समर्थनमा अमेरिका

वैशाख २३, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले कोरोना भाइरस विरोधी खोपमा बौद्धिक सम्पत्ति अधिकार सुरक्षा हटाउने अवधारणालाई समर्थन गर्ने भएको छ ।  कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा विश्वभर खोपको आपूर्तिविस्तार गर्न अमेरिकाले यस्तो उदारता देखाउन थालेको त्यहाँको शीर्ष व्यापार प्रतिनिधि क्याथरिन ताईले बुधवार बताएकी हुन् ।  यो पहलको प्रस्ताव अमेरिका र दक्षिण अप्रिकाले गरेका थिए । यसले विश्वभर खोपको उत्पादन बढाउने उनीहरुको भनाइ छ । तर यसले आशातित प्रभाव नदेखाउने तर्क औषधि निर्माताहरुले गर्दै आएका छन् । यो असाधारण कदमहरु चाल्ने असाधारण समय भएको ताइले बताएकी छिन् ।  यस विषयमा सहमतिमा पुग्न विश्व व्यापार संगठन (डब्ल्यूटीओ)का सदस्य देशहरुलाई समय लाग्न सक्ने चेतावनी उनले दिएकी छन् । विगत ६ महीनादेखि खोपसम्बन्धी प्याटेन्टलाई पाखा लगाउनु पर्ने भन्दै विश्वको करीब ६० देशहरुको समूहले आवजाज उठाइरहेको छ । यसमा भारत र दक्षिण अफ्रिका अगाडि रहेका छन् ।  तर अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसमेत बेलायत र यूरोपेली संघ (ईयू)बाट भने यसको चर्को विरोध भइरहेको थियो । तर अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले भने सन् २०२० को राष्ट्रपति निर्वाचनमै यस अवधारणाको समर्थन गरेका थिए ।  बुधवार पनि उनले आफ्नो समर्थन दोहोर्‍याएका छन् । कोभिड–१९ विरोधी लडाईमा यो ऐतिहासिक क्षण भएको डब्ल्यूटीओका प्रमुखले बताएका छन् । यो छूटलाई मञ्जुरी मिल्यो भने खोपको उत्पादन तीव्र हुने र गरीब देशहरुले पनि थप सुपथ मूल्यमा खोप पाउन सक्नेछन् । एजेन्सी