कोभिड–१९ विरुद्धको खोप लगाएपछि पनि कोरोनाको इन्फेक्सन भएको पाइएको छ । यसलाई वैज्ञानिकहरुले ‘ब्रेकथ्रु इन्फेक्सन’ को नाम दिएका छन् । भारत, अमेरिका लगायत विश्वका थुप्रै देशहरुमा यस्तो अवस्था आएको छ । खोपको दुवै डोजपछि पनि भाइरसको संक्रमणले गम्भीर बिरामी बनाउने र अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आएको छ । ‘ब्रेकथ्रु इन्फेक्सन’ रोक्नका लागि इजरायल लगायत केही देशहरुले बुस्टर डोज पनि लगाउन सुरु गरिसकेका छन् । तर, कति प्रतिशत मानिसहरुलाई खोपको दुवै डोज लगाएपछि पनि इ