काठमाण्डाै – चीनले कोरोना विरुद्धको खोपको झण्डै दुई अर्ब डोज सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले खोपको आवश्यक परेका विश्वका विभिन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कोभिड १९ भ्याक्सिन सहयोग मञ्चलाई पत्र लेख्दै खोप सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको हो । चीनले अहिलेसम्म विभिन्न देशलाई दुई करोड ४२ लाख डोज खोप सहयोग गरिसकेको पनि जनाएको छ ।
यसैबीच केही समय अघि खोप आपूर्ति गर्न नसकेका देशलाई अमेरिका र बेलायतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्र...