नेवारीमा एउटा भनाइ प्रख्यात छ, ‘बेला कु बेला बजी नेवला’ अर्थात् समय अगावै कुनै काम गर्न खोजियो भने वा बिना प्रसंगको कुनै कुरा उठाइयो भन्ने प्रसंगमा यो भनाइ प्रयोग गरिन्छ । नेपालीमा पनि यस्ता उखान धेरै छन् । जस्तै कसलाई के धन्दा, घरज्वाइलाई खानको धन्दा । सुन्दा सामान्य लाग्ने यी भनाईले निकै गहिरो र फराकिलो अर्थ समेटेको छ । यही सन्दर्भलाई जोडेर हाल निकै समसामयिक रहेको अर्ली इलेक्सनबारे यो लेखमा चर्चा गर्ने प्रयास गरेको छु । एउटा बुर्जुवा ल