उत्पादित अलैचीको बजार सहजै हुनेभएपछि किसानहरु खोल्सा खाल्सी र ओसिलो बारीमा अलैची धमाधम रोप्न थालेका छन्। रोपेको दुई देखि तीन बर्षमा अलैचीले आम्दानी दिने भएपछि किसानहरुले अलैची खेती गर्न थालेका हुन्।...
पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फर्म दर्ता गरी किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउ खेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गण्डकी, ६ भदौ । व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको […]
पछिल्लो समय जुम्लाका किसान दाँते ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन्। जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि दाँते ओखर राम्रो आम्दानीको स्रोत बनेको छ।
चैत ४, भोजपुर । जिल्लाका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् ।
बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको आयात बढेपछि किसानले अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन उत्पादन गर्ने लक्ष्य रहेको अरुण गाउँपालिकाका कृषक शान्तिकुमार कार्कीले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अर्ग्यानिक खेती गरिरहेका छन् । उनले भने, ‘हामीले २१ आधुनिक टनेल निर्माण गरेर अग्र्यानिक खेती थालेका छौँ । हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्ग्यानिक तरकारीको मागलाई पूरा गर्ने गरी खेती गरेका छौँ ।’
किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादिको रूपमा प्रयोग गर्ने गरेका छन् ।
कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको उनले बताए ।
मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका हुन् ।
विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरु अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका हुन् ।
तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मूत्रलाई विषादिका रूपमा प्रयोग गर्छन् । उत्पादन बढाउन कम्पोस्ट र प्राङ्गरिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् ।
तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङ्गरिक खेती प्रवर्द्धन अभियान कार्यक्रमअन्तर्गत खेतीको थालनी भएको हो ।
रू. १० लाख लागतमा दुईओटा कलस्टर बनाएर प्याउली र सिमटारमाका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादिको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक तरकारी उत्पादन गर्ने कार्यालयले लक्ष्य लिएको छ ।
केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले भने, ‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौँ । अग्र्यानिक खेतीलाई प्रवर्द्धन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौँ । यसले बजारमा रहेको अर्ग्यानिक खाद्य बालीको मागलाई केही हदसम्मका पूरा गर्नेमा हामी ढुक्क छौँ ।’ रासस
ताप्लेजुङका किसान अदुवा खेतीमा आकर्षित हुँदै गएका छन् । धेरै समय र खर्च लगानी नगरी राम्रो आम्दानी लिन सकिने भएपछि किसानहरु व्यावसायिक अदुवा खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो ।
डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।
आठ वर्ष पहिले परीक्षणका...
पछिल्लो समय उदयपुरको ग्रामीण क्षेत्रका किसान रुद्राक्षको व्यावसायिक खेतीमा आकर्षित भएका छन् । रुद्राक्ष बिक्रीमा कुनै समस्या नभएपछि किसान यसतर्फ आकर्षित हुँदै गएका हुन् ।
काठमाडौँ, धरान, विराटनगर, जनकपुर लगायतका ठाउँका व्यापारीलाई खबर गर्न साथ घरमै आएर खरिद गर्न थालेपछि किसानले बिक्रीका लागि झण्झट व्यहोर्नु परेको छैन ।
गोरखाको सहिद लखन गाउँपालिकाका किसान रेसमकिराको खेतीमा आकर्षित हुँदै गएका छन्। गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेसमकिराको खेती गरिएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले गाउँपालिकाको घैरुडस्थित ज्यामिरे स्वाँरामा किसानले मनकामना रेसम खेती समूह निर्माण गरी रेसमकिराको खेती गरेको जानकारी दिनुभयो।
सल्यान : मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यवसायिक टिमुर खेती सुरु गरेका छन्। यसअघि घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका किसान टिमुरको व्यावसायिक खेतीमा लागेका छन्।
स्थानीय सरकारले जडिबुटीको अनुसन्धान, विकास तथा खेतीअन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि किसानहरु टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका हुन्।...