टिमुर खेतीमा किसानको आकर्षण, एक वर्षमा ३९ करोड रुपैयाँको बिक्री

सल्यान : मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यवसायिक टिमुर खेती सुरु गरेका छन्। यसअघि घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका किसान टिमुरको व्यावसायिक खेतीमा लागेका छन्। स्थानीय सरकारले जडिबुटीको अनुसन्धान, विकास तथा खेतीअन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि किसानहरु टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका हुन्।...

सम्बन्धित सामग्री

माछापालनप्रति किसानको आकर्षण बढ्दो

मध्यविन्दु (नवलपरासी)- बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको...

माछापालनप्रति किसानको आकर्षण बढ्दो

मध्यविन्दु (नवलपरासी)- बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको...

माछापालनप्रति किसानको आकर्षण बढ्दो

बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ ।

माछापालनप्रति किसानको आकर्षण बढ्दो , एक बर्षमै ५७ माछापोखरी थपिए

नवलपरासी बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन […]

माछापालनप्रति किसानको आकर्षण बढ्दो

जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ। नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ।

माछापालनप्रति किसानको आकर्षण बढ्दो

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत […]

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै

मध्यविन्दु (नवलपरासी) – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ। १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन्। सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए। वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने […]

तोरीखेतीमा चितवनका किसानको आकर्षण : उत्पादन तथा उत्पादकत्व बढ्ने प्रक्षेपण

चितवन । चितवनमा तोरीखेती गर्ने किसान बढ्न थालेका छन् । जिल्लामा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्न थालेको हो । गहुँ र तोरीको सिजन एकै समयमा परे पनि तोरीमा तुलनात्मक रूपमा खर्च कम र आम्दानी बढी हुने भएकाले यसको खेतीमा किसान आकर्षित हुन थालेका छन् । दुई दशक अघिसम्म चितवन ‘तोरीको जिल्ला’को रूपमा परिचित थियो । त्यसपछि केही वर्ष तोरीको उत्पादनमा ह्रास आएको थियो । तर पछिल्ला वर्षमा किसानले यसको खेती बढाएका छन् । माग बढेसँगै तोरीले राम्रो मूल्य पनि पाउन थालेको छ । खासगरी पूर्वी चितवनका अधिकांश किसानले यस वर्ष तरकारीको सट्टा तोरी लगाएका छन् । रत्ननगर नगरपालिका–७ का किसान छनुराम महतो तोरीको उत्पादन र आम्दानी राम्रो हुने भएकाले आफूले यसको खेतीलाई निरन्तरता दिँदै आएको बताउँछन् । उनले १५ वर्षदेखि १६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् । तोरीखेतीमा खर्च कम लाग्ने, रोगकीराको प्रकोप कम देखिने र फाइदा पनि धेरै हुने भएकाले आफूले तोरीखेती गर्दै आएको उनको भनाइ छ । ‘अहिले तोरीको बजार राम्रो छ, कतिपय ग्राहक घरमै आएर तोरी खरीद गर्नुहुन्छ । तोरी मिलले पनि लैजान्छन्, बजार नपाउला भन्ने चिन्ता नै छैन,’ उनले भने । तोरीबालीका लागि समयमै मल उपलब्ध भए र मौसमले साथ दिएमा राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । चितवनमा तोरी कात्तिकमा छरेर माघको अन्तिममा थन्क्याइन्छ । अधिकांश किसानले वर्षे धान थन्क्याएपछि खेतमा तोरी लगाउँछन् । जिल्लाको रत्ननगर नगरपालिका–७ मैनाहाका अर्का किसान विक्रमी महतोले १३ वर्षदेखि ६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएकी छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफूले तोरीखेती गर्दै आएको उनी बताउँछिन् । यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने उनको भनाइ छ । ‘अहिले तोरी पहेँलपुर भएर फुलेको छ, गतवर्ष पानी धेरै परेकाले केही असर गरेको थियो,’ उनले भनिन्, ‘यस वर्ष अहिलेसम्मको मौसम तोरीखेतीलाई सुहाँउदो छ, अब बाली थन्क्याउने बेला पानी परेन भने पोहोरको भन्दा बढी उत्पादन लिन सकिन्छ ।’ कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले पछिल्लो समय चितवनका कृषक तोरीखेतीमा आकर्षित हुन थालेको बताए । चितवनमा ३–४ वर्षदेखि तोरीखेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा १४ हजार ७६५ हेक्टर क्षेत्रफलमा १९ हजार ४०५ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा १ दशमलव ३१ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १२ हजार २६५ हेक्टर क्षेत्रफलमा १४ हजार ७१८ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा प्रतिहेक्टर १ दशमलव २ मेट्रिकटन उत्पादन भएको थियो । ‘यस वर्ष तोरी उत्पादनको तथ्यांक आउने बेला हुँदै छ । तर हामीले फिल्ड भिजिटमा जाँदा पोहोर र अघिल्लो वर्षभन्दा यस वर्ष तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरेका छौं,’ उनले भने । तोरीबाली चाँडै पाक्ने र निकुञ्ज नजिक रहेका बारीमा पनि जंगली जनावरले कम असर गर्ने भएकाले किसानको आकर्षण बढ्दै गएको उनले बताए । पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगर र पश्चिम चितवनमा शिवनगर, पार्वतीपुर शुक्रनगर, मेघौली लगायत क्षेत्रमा तोरीखेती लगाउने किसान बढेको केन्द्रले बताएको छ ।

कञ्चनपुरमा चैते धान लगाउने घटे, किन घट्यो किसानको आकर्षण ?

कञ्चनपुर । जिल्लामा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय, कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको बताइन् ।  कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रूपमा रहे पनि पछिल्ला वर्षमा दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको पाइएको छ । ‘कञ्चनपुरमा ५० हेक्टरमा धान खेती गर्ने लक्ष्य लिए पनि त्यति खेती पुगाउन सकस छ,’ उनले भने, ‘छाडा चौपाया र सिँचाइ अभावका कारण पनि खेती गर्नेको सङ्ख्या घटेको हो ।’ चैते धानलाई पानी बढी चाहिन्छ । तर, सिँचाइ असुविधाका कारण किसान यसतर्फ आकर्षित हुन नसेका रिमालले बताइन् । ‘चैते धान लगाउँदा तीन बालीसम्म लगाउन मिल्छ, अन्य बालीभन्दा बढी फल्छ,’ उनले भनिन्, ‘चैते धानलाई पानी बढी चाहिन्छ, उत्पादकत्व पनि बढी छ ।’  दुई वर्षयता बर्खे धानबाली भित्र्याउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसानका लाथि चैते धान खेती गर्न आवश्यक छ ।  ‘बेर्ना राख्ने समय भएको छ, केही किसान बीउ लिन आउन थालेका छन्,’ रिमालले भनिन्, ‘बेमौसमी वर्षाले धानमा नोक्सान हुन थालेपछि चैते धान लगाउँदा फाइदा छ।’  कञ्चनपुरमा चैते धान उत्पादन कार्यक्रम लागूअनुसार ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरिएको छ ।  बढी पानी जम्ने, नहर क्षेत्र, तथा डुबान हुने क्षेत्रमा चैते धान उत्पादन बढी हुन्छ । बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ । किसान भने सिँचाइ असुविधा मात्र नभई परम्परागत खेतीका कारण चैते धान लगाउन नसकिएको बताउँछन् ।  बेदकोट नगरपालिका–७ का खुसी राना चैते धान लगाउने समयमा गहुँ खेती हुने भएकाले लगाउन नचाहेको बताउँछन् । ‘गहुँखेती पनि लगाउनै पर्छ, तरकारी लगाउँदा पनि ठाउँ अभाव हुन्छ,’ उनले भनिन्, ‘उत्पादन बढी हुने भए पनि पानीको असुविधा छ ।’  सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरे पनि यसको फाइदाबारे जानकारी नहुँदा यसप्रति आकर्षण नबढेको हिरुलाल डगौराले बताए । ‘पर्याप्त उत्पादन भएन भने मारमा परिन्छ, सरकारले बीमाको सुविधा दिँदा राम्रो हुन्थ्यो,’ उनले भने ।

माछा पालनमा किसानको आकर्षण, वर्षमा एक अर्बको उत्पादन

बारा : बारामा व्यवसायिक माछा पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। जिल्लाको २२ सय हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ।  जिल्लामा सानो तथा ठूलो गरी साढे छ हजार माछा पोखरी छन्। उक्त पोखरीबाट वर्षमा ३२ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए...