प्रदेशमा पनि सत्तासमीकरणको हलचल : अविश्वासको प्रस्तावमा मतदानपूर्व गण्डकीका मुख्यमन्त्रीको राजीनामा
केन्द्रमा जस्तै गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सत्तासमीकरणको दौडधुप सुरु भएका छन् । आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु एक दिन अगावै गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार आफ्नो पदबाट राजीनामा...
बुटवल : लुम्बिनी प्रदेशसभामा आफूविरुद्ध आएको अविश्वास प्रस्तावलाई मुख्यमन्त्री शंकर पोखरेलले तुहाइदिएका छन्। अविश्वासको प्रस्तावमाथि टेबल गर्नका लागि विशेष अधिवेशन डाकिएको दिन बिहानै सरकारबाट राजीनामा दिएर उनले अविश्वासको प्रस्ताव तुहाइदिएका हुन्।
पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भएलगत्तै अविश्वासको प्रस्ताव स्वतः खारेज भएको छ। अविश्वासको प्रस्ताव टेबल गर्नका लागि बोलाइएको…
गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिमा अध्यक्षसहितका पदाधिकारी […]
अविश्वासको प्रस्ताव छल्न चलिरहेको संसद् अधिवेशन नै अन्त्य गर्नुभयो नि ?
मैले अविश्वासको प्रस्ताव छल्न खोजेको होइन । संविधानले दिएको अधिकार प्रयोग गरेर केही समय लिन खोजेको हो । अहिले सरकार किन ढाल्नुपर्यो भनेर...
हामी सबैले अविश्वासको प्रस्ताव पारित गर्नुपर्छ भनेका छौँ । अब सभापतिज्यूले के गर्नुहुन्छ ? सत्तारुढ दलभित्रैबाट अविश्वासको प्रस्ताव आएको छ, त्यसलाई पास गर्नु त प्रतिपक्षको धर्म नै हो, सर्वमान्य नीति...
६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटसँगै प्रदेश १ का मुख्यमत्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै पार्टीको अर्को समूहले ल्याएको अविश्वासको प्रस्ताव सामना गर्दैछन् । दुवै प्रदेशमा भोलिदेखि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनेछ र केही दिनमै अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । तर, दुवै प्रदेशमा ओली र प्रचण्ड […]
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए ।उनले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए । साविकका माओवादी
काठमाडौं । प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । ओली पक्षका मण्डलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
प्रदेश संसदीय दलको विधान २०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् । अहिले अविश्वासको प्रस्ताव दर्ता गरिएको र आइतबार बैठक बसेर हटाउने एक सांसदले बताए ।
प्रदेश २ मा नेकपाको ३२ जना प्रदेश सांसद रहेकामा प्रचण्ड–माधव पक्षले २० जना सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ ।
प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । पार्टी एकतापूर्व तत्कालीन संघीय समाजवादी पार्टीलाई नेकपाले समर्थन गरेको थियो ।
प्रदेश संसदमा ओलीको कदमविरुद्ध उभिने शक्तिलाई राजमोले समर्थन गर्ने
सातमध्ये पाँचवटा प्रदेश सरकार डगमग, कुन प्रदेशमा कस्तो अवस्था ?