०७४ को स्थानीय तहको निर्वाचनमा कर्णालीमा पहिलो शक्ति केन्द्रको रुपमा स्थापित बनेको एमाले अहिले पनि आफुलाई पहिलो शक्ति बन्ने दाबी गर्दै आएको छ । केही समयअघि वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेला कार्यक्रममा पनि केन्द्रीय नेताहरुले पहिलो शक्ति बन्ने गरी तयारी थाल्न निर्देशन पनि दिए । तर केन्द्रीय कमिटीको तेस्रो बैठकमा पनि एमालेले शिथिल रिपोर्टिङ गरेको छ ।एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले प्रस्तुत गरेको रिपोर्टिङ हेर्दा कर्णालीमा एमालेलाई पहिलो शक्ति बन्न हम्मे–हम्मे प