दुई अर्बको म्युचुअल फण्ड खुल्यो, कस्तो छ यसअघिका फण्डमा प्रतिफल ?

दुई कम्पनीको १–१ अर्ब रुपैयाँको म्युचुअल फण्डमा लगानी गर्नका लागि आवेदन खुलेको छ। एनआइसी एसिया र सिटिजन्स बैंकको कोष प्रवद्र्धनमा छुट्टाछुट्टै दुई योजनाको बिक्री खुल्ला भएको हो। लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँका दरले यी फण्डमा आवेदन दिन सक्ने छन्। १०–१० करोड इकाईको बिक्री खुल्ला भएकोमा दुवैतर्फबाट १५ प्रतिशत कोष प्रवद्र्धकहरुलाई सुरक्षित गरिएको छ। पछिल्लो समय म्युचुअल…

सम्बन्धित सामग्री

सिटिजन्स म्युचुअल फण्ड–२ ले वितरण गर्‍यो प्रतिफल

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले यस वर्षको प्रतिफल वितरण गरेको छ । योजना व्यवस्थापकले असोज ८ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा करसमेत ८ प्रतिशत नगद लाभांश वितरण गरिएको जानकारी दिएको हो । नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउनसमेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । प्रतिफल प्रयोजनका लागि योजनाले भदौ १९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा भदौ १८ गतेसम्म कायम इकाईधनीहरूका लागि मात्र योजनाको प्रतिफल वितरण गरिएको हो । भदौ १८ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुुकुवापत्र प्राप्त भएपछि मात्र प्रतिफल जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ ।

सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा, कर सहित ८ प्रतिशत नगद लाभांश पाईने

काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको  छ । क्यापिटलले इकाईधनीहरुलाई कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रतिफल वितरण प्रयोजनार्थ फणडले भदौ १९ गते बुकक्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा म्युचुअल फण्डको उक्त लाभांश भदौ १८ सोमबारसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

हिमालयन म्युचुअल फण्ड अन्तर्गत ‘हिमालयन ८०–२०’ निष्काशन हुने

काठमाडौँ- हिमालयन क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको कोष प्रवर्द्धक, हिमालयन बैंक लिमिटेडको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने भएको छ । नेपाली पुँजी बजारमा नवीनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना […]

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

सनराइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश दिने

२६ साउन, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक रहेको र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । २५ साउन बिहीबार बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को […]

हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

सनराइज म्युचुअल फण्ड योजनाद्वारा १० करोड ३२ लाख प्रतिफल वितरणको निर्णय

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका इकाइ धनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तीस लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो । साथै इकाइ धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत कम्पनीले जनाएको छ ।

सिद्धार्थ म्युचुअल फण्डको प्रतिफल घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजनाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ ।योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७८/०७९ का लागि सिद्धार्थ इक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का […]

सिटिजन्स म्युचुअल फण्ड- १ र २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ २३, काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड- १ र सिटिजन्स म्युचुअल फण्ड- २ को प्रतिफल सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ ।  ती दुबै योजनाको प्रतिफल प्राप्त गर्नका लागि भदौ २४ गते एक दिन बुक क्लोज गर्ने भएकाले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरु मात्र दुबै योजनाको प्रतिफल प्राप्त गर्न योग्य हुने छन् ।  गत आर्थिक वर्ष ०७७/ ७८ का लागि सिटिजन्स म्युचुअल फण्ड- १ र सिटिजन्स म्युचुअल फण्ड- २ ले एउटै अनुपातमा करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेका हुन् ।  बुक क्लोजको मिति पश्चात लाभांश वितरण गर्ने जानकारी क्यापिटलले दिएको छ। योजना व्यवस्थापक सिविआईएल क्यापिटलको गत भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाको प्रतिफलका सम्बन्धमा निर्णय गरेको थियो ।