काठमाण्डाै - ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ ।
हैदराबादलाई हराउँदै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि जोनी बेयास्र्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रन, विजय शंकर २८ र विराट सिंहले ११ रन जोडे ।
हैदराबादका अरु ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३...