काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । यी दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले मितेरी डभेलपमेन्ट बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३९० दशमलव ८७ कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२८ मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७९५ दशमलव ४५कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७५मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर भोलि बिहीवार यी कम्पनीको दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।