नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १८ गते आइतबार ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभाको आज बुक क्लोज गर्ने निर्णय गरेका आँधीखोला लघुवित्त, सेन्ट्रल फाइनान्स, आरएमडिसी लघुवित्त र सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको हो । आँधीखोला लघुवित्तको १९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ३९०.७६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६५ रुपैयाँ थियो । सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ३८२.०८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४११.५० रुपैयाँ थियो । आरएमडिसी लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ११४३.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३७२ रुपैयाँ थियो । सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ४०६.१३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६४ रुपैयाँ थियो । पुस १४ गतेसम्म कायाम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्न छन् । ।