दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । यी दुई  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले सिगंटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २०२ दशमलव ९० कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३०५ दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै मन्दाकिनी हाइडड्रोपावरको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरिएको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४०९ दशमलव ३६ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२८ दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी दुई  कम्पनीको बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आइतवारदेखि यी कम्पनीको शेयर कारोबार खुल्नेछ । 

सम्बन्धित सामग्री

युनाइटेड इदी मार्दीको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३७४  दशमलव ४१ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९५ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।

अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरकोे शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हकप्रद शेयर निष्कासन प्रयोजनको लागि यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले रिलायबल नेपाल लाइफको  १६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४९७  दशमलव ८४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७७ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले अरुण भ्याली हाइड्रोपावरको शत प्रतिशत हकप्रद शेयरको समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १९० दशमलव १० कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८० दशमलव २० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात दोस्रो बजारमा यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मूल्य समायोजनपछि नेशनल हाइड्रोपावरको शेयर मूल्य कति ?

काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन गरिएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि शेयर मूल्य समायोजन गरेपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८२ दशमलव ०७ कायम गरेको छ ।  बिहीवारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२३ दशमलव १० थियो । अब यही समायोजित मूल्य अनुसार नै कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (असार १ गते) बुक क्लोज गरेको हो । यसको आधारमा गत जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृति पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड छ । यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।

युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीकोे ७  प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजपश्चात् कम्पनीको शेयर मूल्य रू. २५३ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७१ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि बिहीवार दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५२३ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५७५ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ११ मा बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ ।