मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । 

सम्बन्धित सामग्री

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

५० रुपैयाँमा आईपीओ विक्री गरेको हाथवेको शेयर मूल्य हजारमाथि

काठमाडौं । प्राथमिक बजारमा प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमा नै आईपीओ जारी गरेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य दोस्रो बजारमा १ हजार रुपैयाँभन्दा माथि पुगेको छ । कम्पनीले गत भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असोज २ गते बाँडफाँट गरेको थियो । कम्पनीले धितोपत्र दोस्रो बजारमा असोज २३ गते २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । कुल कित्ता शेयरमध्ये सर्वसाधारणतर्फ २९ लाख २५ हजार कित्ता र संस्थापकतर्फ २ करोड ४ लाख ७५ हजार छ । पछिल्लो कारोबार दिन पुस २३ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ३४ रुपैयाँ ९० पैसा कायम भएको छ । यो दिन कम्पनीको शेयर मूल्य ८ दशमलव ३७ प्रतिशत बढेको हो । असोज २४ गतेदेखि कम्पनीको दोस्रो बजारमा कारोबार शुरु भएको थियो । पहिलो कारोबार दिनमा प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार खुला भएकोमा पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशत मूल्य बढेर ३१३ रुपैयाँ ७० पैसा कायम भएको थियो । हालसम्म दोस्रो बजारमा कम्पनीको ४९ दिन शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य निरन्तर बढ्दो क्रममै छ । पहिलो वर्ष नै शेयरधनीहरूलाई लाभांश दिन सफल भएकाले पनि कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावित लाभांश कम्पनीले पुस २६ गते १५औं वार्षिक साधारण सभा आयोजना गरी पारित गर्दैछ । यो बीचमा कम्पनीको शेयर मूल्य बोनस शेयर प्रयोजनका लागि समायोजन समेत भएको छ । पुस ११ गते कम्पनीको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि उक्त दिन कायम अन्तिम शेयर मूल्य ७९६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरी नेप्सेले बोनसपछिको मूल्य ७२४ रुपैयाँ ९ पैसा तोकेको थियो । समायोजपछि पनि कम्पनीको शेयर मूल्य बढेको हो ।  २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त कम्पनी सोही मितिदेखि सञ्चालनमा छ । कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा लगानी गरेको छ । कम्पनीले पूँजीबजारको अतिरिक्त जलविद्युत, घरजग्गा, पर्यटन र स्वःपूँजीको क्षेत्रमा लगानी विस्तार गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

रुरु जलविद्युत परियोजनाको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ मा बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो ।  कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२०६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य १३२७ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले  असोज १६ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७६/७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ  । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ  ।