संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गरेको बाचा पूरा गर्नुभएको छ । उहाँले यसअघि घोषणा गरेअनुसार चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्नुभएको छ । मंगलबार मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दिनेश डिसीसहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी रु दुई लाख ८० हजार ९०० प्रदान गर्नुभएको …