घूसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाउने तयारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घूस बुझेको भिडियो सार्वजनिक भएपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।