काठमाडौँ – मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो। महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी […]