एमाले अध्यक्ष ओलीसहित ५ नेताविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।  नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा नेताहरू योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।  ऐन संशोधन गरेर गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना...