टीएमएस कारोबारको भुक्तानी ईसेवाबाट पनि

काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुनेछ । कम्पनीका अनुसार हाल यो सेवा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ । ईसेवामार्फत रकम भुक्तानी […]

सम्बन्धित सामग्री

मार्जिन कारोबारमा विलम्ब

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाई २०७५ सालमै लागू गरे पनि यो सुविधा अझै शेयरबजारमा उपलब्ध हुन सकेको छैन । नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची निकाल्ने गरेको छ तर धितोपत्र दलाल कम्पनीहरूले यो सेवा दिन सकेका छैनन् । मार्जिन कारोबारका लागि करीब दुई दर्जन ब्रोकर कम्पनीले स्वीकृति लिएका छन् । तर, तिनले यो सुविधा प्रदान गर्न नसकेको अवस्था छ । किन मार्जिन कारोबार शुरू हुन सकेन त ?  मार्जिन कारोबार ब्रोकर कम्पनीहरूले प्रदान गर्ने सुविधा हो । तर, यी कम्पनीहरूको चुक्ता पूँजी नै निकै कम छ । त्यसो हुँदा उनीहरूले मार्जिन कर्जा प्रदान गर्न समस्या भएको देखिन्छ । एउटा ब्रोकर कम्पनीले यो सेवा दिन शुरू गरे पनि कोषकै अभावमा उसले त्यसलाई निरन्तरता दिन सकेको देखिँदैन । ब्रोकर कम्पनीहरूको कोषले नभ्याएपछि उनीहरूले बैंकबाट शेयर धितो कर्जा लिएर यो सेवा दिन खोजेको देखिन्छ । तर, यसरी बैंकबाट कर्जा लिएर मार्जिन कारोबारको सुविधा दिँदा महँगो पर्छ ।  त्यसैले शेयर धितो कर्जामा बैंकले लिने ब्याजसरह प्रतिस्पर्धा गर्न सक्ने गरी छुट्टै कोष खडा गर्न आवश्यक देखिन्छ । ब्रोकर कम्पनीले बैंकहरूसँग कर्जा लिँदा बैंकले के आधारमा ऋण दिने, बैंकले ब्रोकरबाट लिने ब्याज कति हुने, ब्रोकर कम्पनीहरूले सेवाग्राहीबाट लिने ब्याज तथा शुल्क कति हुने, मार्जिन कारोबार अवधि तथा सेटलमेन्ट प्रक्रियाबारे थप नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ । यसका लागि ब्रोकर कम्पनीहरूलाई थप जनशक्ति र ब्याकअप सिस्टम चाहिन्छ ।  अन्य देशको अभ्यास हेर्दा ब्रोकर कम्पनीहरूले विभिन्न वित्तीय सेवा र परामर्शका कामसमेत गर्ने गरेको पाइन्छ । तर, नेपालमा भने उनीहरू शेयर किनबेच र सेटलमेन्टका काममा मात्रै सीमित छन् । यसो हुनुमा एउटा कारण बोर्डले उनीहरूले अन्य काम गर्न सक्नेगरी कानूनी व्यवस्था नगरिदिनु हो भने अर्को यस्ता कम्पनीको क्षमता निकै सानो हुनु हो । अहिले बोर्डले चुक्ता पूँजीका आधारमा ब्रोकरले दिने सेवाको प्रकार फरकफरक हुने नीतिगत व्यवस्था गरेको छ । त्यसअनुसार र्मािर्जन कारोबारजस्ता अन्य क्रियाकलाप गर्ने कम्पनीका लागि बढी चुक्ता पूँजी आवश्यक पर्छ । यस्ता कम्पनी खुले पनि तिनले समेत मार्जिन कारोबार शुरू गर्न सकिरहेका छैनन् । अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीलाई सबल बनाउन चुक्ता पूँजी वृद्धि गर्न लगाउनुपर्छ कि त उनीहरूलाई मर्जरमा जान प्रोत्साहित गर्नुपर्छ । यी दुवै काम गर्न निश्चित म्याद दिनु पनि आवश्यक पर्छ किनभने पूँजी वृद्धि गर्न यस्ता कम्पनीलाई  त्यति सहज देखिँदैन ।  जति बढी कारोबार हुन्छ त्यति नै बढी ब्रोकर कम्पनीको आमदानी बढ्ने हो । त्यसो हुँदा चुक्ता पूँजी बढाएर वा अन्य विकल्पबाट कोष खडा गरेर भए पनि मार्जिन कारोबारको सुविधा दिनुपर्छ । अहिले शेयरबजार नबढ्नुमा नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाउनुलाई मानिएको छ ।  ब्रोकर कम्पनीले हाल लगानीकर्ताले प्रयोग गरिरहेको टीएमएसबाट नै मार्जिन कारोबार गर्न सक्ने व्यवस्था मिलाउन माग गरेको पनि पाइन्छ । त्यसो हो भने यसमा सुधार गरेर उनीहरूलाई मार्जिन कारोबारका लागि सहज बनाइदिनुपर्छ । हुन त अहिलेको टीएमएस नेप्सेको हो, ब्रोकरहरूले आफ्नै टीएमएस प्लेटफर्म बनाउन सकेका छैनन् । यसका लागि उनीहरूले कामचाहिँ गरिरहेको बताइन्छ । ब्रोकर कम्पनीहररूले आफ्नो टीएमएस सञ्चालनमा ल्याए भने मार्जिन कारोबारका लागि केही सहज हुने देखिन्छ । यद्यपि कोषको अभाव भने रहिरहने देखिन्छ ।  मार्जिन कारोबारका लागि छुट्टै डिम्याट खाता खोल्नुपर्ने बताइन्छ । ग्राहकले यस्तो खाताबाट किनेको सबै शेयर ब्रोकरको ‘पुल एकाउन्ट’ मा जाने र रकम चुक्ता भएपछि मात्रै ग्राहकको स्वामित्वमा जाने गरी व्यवस्था मिलाइएको हुन्छ । त्यसैले यसको हिसाबकिताब मिलाउन थप जनशक्ति र ब्याकअप चाहिएको हो । तर, यसका लागि थप खर्च गर्न ब्रोकर कम्पनीहरू अनिच्छुक देखिएका छन् ।  ब्रोकरबाट मार्जिनको सुविधा दिन सकियो भने शेयर कारोबार बढ्ने देखिन्छ । जोखिम लिन सक्ने लगानीकर्ताले मार्जिन कारोबारको सुविधा पाउँदा इन्ट्रा डे कारोबार गर्न सजिलो हुन्छ । हुन त अहिले कतिपय ब्रोकर कम्पनीले विश्वस्त ग्राहकलाई उनीहरूको कोलाटरलमा पैसा नभए पनि शेयर किन्ने अनुमति दिएका छन् । अर्थात् उधारो खरीद हुने गरेको छ । यस्तो उधारो खरीदका कारण शेयर विक्री गरेका ग्राहकले निकै ढिलो भुक्तानी पाइरहेका छन् । समयमा भुक्तानी नपाएको भन्दै नेपाल धितोपत्र बोर्डमा गुनासो बढिरहेको छ । यस्तो उधारो कारोबार रोक्न ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार शुरू गर्न ढिला गर्नु हुँदैन ।  जति बढी कारोबार हुन्छ त्यति नै बढी ब्रोकर कम्पनीको आमदानी बढ्ने हो । त्यसो हुँदा चुक्ता पूँजी बढाएर वा अन्य विकल्पबाट कोष खडा गरेर भए पनि मार्जिन कारोबारको सुविधा दिनुपर्छ । अहिले शेयरबजार नबढ्नुमा नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाउनुलाई मानिएको छ । शेयर धितो कर्जाको सबै रकम शेयर बजारमा नै लगानी भएको हुँदैन । तैपनि यसको ठूलो अंश शेयरबजारमा लगानी भएको सहजै अनुमान गर्न सकिन्छ । शेयरको मूल्य घट्दा बैंकले मार्जिन कल गर्छ । यस्तोमा सेवाग्राहीले कि त बैंकले पैसा दिनुपर्छ कि त थप शेयर बैंकमा राख्नुपर्ने हुन्छ । बैंकबाट पैसा लिएर शेयरमा लगानी गर्नभन्दा सीधै ब्रोकरबाट मार्जिन सुविधा लिएर कारोबार गर्न सजिलो हुन्छ । त्यसैले शेयरबजारको विस्तारका  लागि मार्जिन कारोबार यथाशीघ्र शुरू गर्नुपर्छ ।  यसकै लागि भनेर बढी चुक्ता पूँजी भएका ठूला कम्पनी खोलिएका छन् । तिनले पनि मार्जिन कारोबार गर्न नसकेको हुँदा समस्या गम्भीर नै छ भन्ने बुझ्न सकिन्छ । त्यसैले यसका लागि नियामक निकाय र बजार सञ्चालक नेप्सेले आवश्यक सहजीकरण गरिदिनुपर्छ । कार्यविधि संशोधन गर्नुपर्ने हो वा अन्य कानूनी सुधार ढिला गर्नु हुँदैन ।

शेयर बजार सचेतनाको खाँचो

धितोपत्र राफसाफ तथा फछ्र्योट २ कार्यदिनमा नै सक्ने टी प्लस टुको व्यवस्था लागू गरिएको छ तर शेयर विक्रीको रकम भुक्तानी नपाएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गुनासो गर्नेको संख्या बढ्दै छ । राफसाफ प्रक्रिया छिटो सक्न टी प्लस वनको व्यवस्था लागू गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा विद्यमान नियमकै कार्यान्वयन नभएको हो भने शेयर बजारका लागि नराम्रो हो । यद्यपि नेपाल स्टक ब्रोकर एशोसिएशनले भने भुक्तानी नभएको कुरालाई अस्वीकार गरेको छ । भुक्तानीको यो विवादमा समस्या कतै न कतै पक्कै छ । त्यसको समाधान खोजिनुपर्छ ।  धितोपत्र राफसाफ तथा फछ्र्योट जति छिटो हुन्छ त्यति नै धितोपत्रको तरलता वृद्धि हुन्छ । लगानीकर्ताले खरीद गरेको धितोपत्र छिटो उनीहरूको खातामा आउँछ र पुन: विक्री गरी मुनाफा आर्जन गर्न सक्छन् । त्यही भएर टी प्लस थ्रीको व्यवस्थामा सुधार गरी टी प्लस टु व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । समयमा आफ्नो खातामा शेयर नआइपुग्दा भाउ बढेका बेला विक्री गर्न नपाउने अवस्था अझै छ । त्यस्तै विक्रीकर्ताको खातामा पैसा आउन पनि समय लाग्ने गरेको छ । कतिपय विक्रीकर्ताले २ महीनाभन्दा बित्दा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । यस्तो गुनासो नियामक निकाय बोर्डमा बढ्दै गएको देखिन्छ । केही ब्रोकरले नियम पालनामा अटेरी गरेर पनि यस्तो भएको हुन सक्छ । खासगरी अहिले खरीदकर्तासँग नगद नभए पनि उधारो खरीद गर्ने गरेका छन् । यो सुविधा ब्रोकर कम्पनीहरूले विश्वासिला ग्राहकहरूलाई दिने गरेका छन् । यस्तो रकम उठ्न समय लागेपछि विक्रीकर्तालाई भुक्तानी दिन ढिला गरिएको हो भन्ने भनाइ छ । यस्तो विलम्ब महीनौं नभएको भन्ने आरोप कति सत्य हो त्यो बोर्डले छानबिन गरेर पत्ता लगाउनुपर्छ र त्यस्तो भएकै हो भने कारबाही पनि गर्नुपर्छ । शेयर विक्रीको रकम भुक्तानी ढिला हुनुमा कारोबार प्रणाली टीएमएसमा आएको समस्या पनि एउटा कारण भएको देखिन्छ । यसको जानकारी ब्रोकर एशोसिएशन र सम्बद्ध ब्रोकरहरूले आफ्ना ग्राहकलाई दिएका पनि छन् । राफसाफ ढिलो हुनुमा अनलाइन प्रणाली कमजोर र प्रयोगकर्तामैत्री नहुनु पनि हो । शेयरबजारको खरीदविक्री अहिले पूर्ण अनलाइन भएको छ । राफसाफ पनि अनलाइन नै हुने गरेको छ । तर, कतिपय विक्रीकर्ताले शेयर हस्तान्तरण गर्न नजान्दा क्लोजआउटमा परी जरीवाना तिर्नु परेको छ ।  कतिपय लगानीकर्ता अझै पनि भौतिक शेयर प्रमाणपत्र राखेर बसिरहेका छन् । तिनलाई डिम्याट गर्नुपर्नेबारे थाहा नभएको समेत पाइन्छ । त्यसैले बोर्ड, नेप्से र ब्रोकरहरूले शेयर सचेतनाका लागि अझै काम गर्न बाँकी रहेको देखिन्छ । सचेतनाका लागि उनीहरूले मिलेर कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।  अहिले सकेसम्म सबै आवेदनकर्तालाई प्राथमिक शेयर वितरण गर्ने ध्येयका साथ १० कित्ते नीति लागू गरिएको छ । त्यसो हुँदा धेरै व्यक्तिको हातमा शेयर पुगेको छ । तिनले शेयर खरीदविक्रीको प्रक्रिया पूर्णरूपमा नजान्दा पनि समस्या भएको देखिन्छ । शेयर खरीद विक्रीका लागि टीएमएस एप प्रयोग हुन्छ भने शेयर हस्तान्तरणका लागि मेरो शेयर एप प्रयोग हुन्छ । कतिपय लगानीकर्ता यसको प्रक्रियाबारे अनभिज्ञ हुँदा क्लोजआउटमा परेका छन् । मेरो शेयरबाट शेयर हस्तान्तरण गर्दा औसत लागत भार निकाल्नुपर्छ र शेयर धारण भएको अवधि पनि निकाल्नुपर्छ । यो प्रक्रिया नजानेर धेरै लगानीकर्ता अलमलिएको पाइन्छ । यसो हुनुको कारण एप गन्जागोल हुनु हो । खरीदविक्रीका लागि जुन एप प्रयोग हुन्छ त्यसमै हस्तान्तरण प्रक्रिया पनि राखिदिएको भए वा त्यससम्बन्धी जानकारी दिएको भए यो समस्या आउने थिएन ।  शेयरबजारमा सक्रिय वा निष्क्रिय रूपमा सहभागी हुने हितग्राहीको संख्या ६० लाख पुग्न लागिसकेको छ । यीमध्ये अधिकांशलाई यसको प्रक्रियाबारे थाहै छैन । अझ विडम्बना कतिपय लगानीकर्ता अझै पनि भौतिक शेयर प्रमाणपत्र राखेर बसिरहेका छन् । तिनलाई डिम्याट गर्नुपर्नेबारे थाहा नभएको समेत पाइन्छ । त्यसैले बोर्ड, नेप्से र ब्रोकरहरूले शेयर सचेतनाका लागि अझै काम गर्न बाँकी रहेको देखिन्छ । सचेतनाका लागि उनीहरूले मिलेर कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।

लगानीकर्तालाई विश्वसनीय र स्तरीय सेवासुविधा दिन प्रतिबद्ध छौं [अन्तर्वार्ता]

२० वर्षदेखि शेयर कारोबार गर्दै आएका अतितलाल श्रेष्ठ हाल क्यापिटल म्याक्स सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष हुन् । यो कम्पनी भर्खरै सञ्चालनमा आएको हो । प्रस्तुत छ, नयाँ ब्रोकरको रूपमा शेयर बजारमा प्रवेश, यो व्यवसायका चुनौती, कम्पनीका योजना लगायत विषयमा उनीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार : नयाँ ब्रोकरको रूपमा कारोबार शुरू गर्नुभएको छ । व्यवसायको अवस्था कस्तो छ ? हो, अहिले हामी यो व्यवसायको शुरुआती चरणमै छौं । बिस्तारै ग्राहकहरू आउन थाल्नुभएको छ । उहाँहरूको डिम्याट खाता, टीएमएस खाता खोल्ने जस्ता काम गरिरहेका छौं । हरेक दिन नयाँ नयाँ लगानीकर्ता आइरहनुभएको छ । करीब १ हजार टीएमएस खाता खोल्ने क्रममा छौं । लगानीकर्ताको चासो र आकर्षणले उत्साहित छौं । धेरैजसो ब्रोकर कम्पनी काठमाडौंमै केन्द्रित छन् । प्रतिस्पर्धी बजारमा कसरी अघि बढ्ने योजना छ ? धितोपत्र बोर्ड लगायत नियामक निकायसँग समन्वय गरेर अनलाइन माध्यमबाट लगानीकर्ताको डिम्याट खाता, टीएमएस खाता खोल्ने, डिजिटल केवाईसी लगायत सहज तरीकाले कारोबार गर्न मिल्ने काम गर्दै अघि बढ्ने योजनामा छौं । अनलाइन माध्यमबाट काम गर्दा आइपर्ने समस्या समाधान गर्दै लगानीकर्तालाई सहज तरीकाले शेयर कारोबार गराउने योजना छ । विश्वका कुनै पनि देशमा रहेका नेपालीले अनलाइन माध्यमबाट डिम्याट खाता र टीएमएस खाता खोल्न सक्ने व्यवस्थाका लागि प्राविधिक लगायत पक्षमा प्रयासरत छौं । पहिलो तहको ब्रोकर सेवा प्रदान गरिरहँदा पूँजी बढाएर थप सेवा दिने योजना पनि छ ? अहिले हामी सीमित कार्य गर्ने ब्रोकरको रूपमा छौं । अब चाँडै पूँजी बढाएर मार्जिन लेन्डिङ, लगानी परामर्श र पोर्टफोलियो म्यानेजमेन्ट सेवासुविधा दिने योजना छ । शेयर विक्रीपछि समयमै रकम नआएको धेरै लगानीकर्ताको गुनासो हुने गर्छ । ब्रोकरहरूमा साँच्चै यो समस्या छ ? यो फण्ड म्यानेजमेन्टको समस्या हो । तर क्यापिटल म्याक्स सेक्युरिटिजमा यो समस्या नआउने किसिमले काम गरिरहेका छौं । हामी सम्पूर्ण लगानीकर्ताले बुझ्नुपर्ने जरुरी कुरा के हो भने, लगानीकर्तालाई शेयर किन्ने बाध्यता नहुन सक्छ । तर शेयर बेच्नुपर्ने बाध्यता हुन सक्छ । उदाहरणका लागि कसैलाई आफ्नो बच्चाको फी तिर्नुपर्ने छ । पैसा नभएपछि हतार हतार शेयर विक्री गर्नुहुन्छ । बेचेको तीन–चार दिनमा पैसा आउँछ भन्ने आशा हुन्छ । हामी लगानीकर्ताको त्यो आशा मर्न नदिनेगरी काम गर्छौं ।  नयाँ ग्राहक बनाउन र स्तरीय सेवासुविधा दिन नयाँ ब्रोकरका लागि पक्कै पनि चुनौती होला । यसमा तपाईंको योजना के छ ? हामी स्तरीय सेवासुविधा दिन प्रतिबद्ध छौं । पहिलो प्राथमिकता समयमै भुक्तानी गर्नु हो । यसमा हामी कुनै कमीकमजोरी हुन दिँदैनौं । ग्राहकले हाम्रो कम्पनीबाट शेयर विक्री गर्नुहुन्छ भने ‘टी प्लस टू’मा त्यसको राफसाफ सकिन्छ । तेस्रो दिन उहाँहरूको खातामा पैसा जान्छ । यसमा हामी एकदमै प्रतिबद्ध छौं । कुनै पनि कम्पनीका आधारभूत प्राविधिक पक्ष, पहिले सो कम्पनीको शेयर कुन ब्रोकरले किनेको थियो जस्ता जानकारी ग्राहकले नि:शुल्क हेर्न मिल्ने सेवासुविधा प्रदान गर्छौं । शेयर किनबेच गर्न नजान्ने नयाँ लगानीकर्तालाई ‘डेमो ट्रेडिङ’ सेवा दिने योजनामा छौं । समग्रमा क्यापिटल म्याक्स लगानीकर्तालाई विश्वसनीय र स्तरीय सेवा दिँदै अघि बढ्छ ।

धितोपत्र कारोबारमा के हो नट्स ?

कामाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएको वर्षौं भइसकेको छ । तर यो प्रणालीबारे थोरै लगानीकर्ता मात्र जानकार छन् । नेप्सेका अनुसार नेप्सेको स्वचालित अनलाइन कारोबार प्रणालीको सबैभन्दा महत्त्वपूर्ण हिस्सा नै नट्स रहेको छ । इन्टरनेटको माध्यमबाट संसारका जुनसुकै ठाउँबाट लगानीकर्ताले विभिन्न धितोपत्र खरीदविक्री आदेश प्रविष्ट गरी कारोबार गर्ने प्रणाली नै नट्स हो । नेप्सेले २०७२ सालदेखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरूपमा ढालेर कागजरहित कारोबार राफसाफ तथा फछ्र्योटको थालनी गरेको थियो । नेप्सेले अहिले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्यनमा ल्याएको छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएसँगै अहिले लगानीकर्ता र ब्रोकरका साथै नियामकलाई समेत सहज भएको छ । यसले ब्रोकरलाई लगानीकर्ताको आदेश अनुसार कारोबार सञ्चालन गर्न, लगानीकर्तालाई धितोपत्रको कारोबार गर्न र नियामकलाई बजारमा हुने गतिविधि नियमन गर्न सहज भएको हो । नेप्सेका अनुसार नट्समा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरिवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालन लगायत कार्य स्वचालित रूपमा हुन्छन् । वाइको प्रालिद्वारा निर्मित नट्समा २० ओटा छुट्टाछुट्टै मोड्युल र अन्य सहायक मोड्युल छन् । नट्स अन्तर्गत ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)को निर्माण पनि वाइकोले नै गरेको हो । नट्स र टीएमएस दुवैको मर्मतसम्भार यही कम्पनीले गर्दै आएको छ । नेप्सेका अनुसार टीएमएस र नट्सबीच भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)बाट कनेक्सन गरी उच्चतम सुरक्षा व्यवस्था गरिएको छ । नट्सका प्रमुख विशेषता नट्समा पूर्ण स्वचालित सूचीकरण, ब्रोकर व्यवस्थापन, इन्डेक्स, सुपरिवेक्षण र धितो तथा भुक्तानी प्रणाली छन् । यस्तै यसमा शेयर ऋणपत्र, डेरिभेटिभ्स लगायत वित्तीय औजारको पनि कारोबार गर्न सकिन्छ । आवश्यकता अनुसार नट्सको आकार विस्तार गर्न सकिन्छ । भविष्यमा बढ्ने कारोबार नट्समार्फत सजिलै व्यवस्थापन गरी सञ्चालन गर्न सकिन्छ । इन्टरनेटको माध्यमबाट कारोबार गर्न सकिने नट्समा ५० माइक्रो सेकेन्ड प्रतिकारोबार म्याचिङ सिस्टम छ ।   नट्सका मोड्युल र विशेषता नट्समा २० ओटा छुट्टाछुट्टै मोड्युल र अन्य सहायक मोड्युल छन् । शेयर बजारमा उक्त मोड्युलको पृथक् विशेषता र महत्त्व छ । संगठन तथा कारोबार व्यवस्थापन आन्तरिक तथा बाह्य प्रयोगकर्ता र संगठन व्यवस्थापनका लागि यस मोड्युलको प्रयोग हुन्छ । कर्तव्य तथा अधिकार व्यवस्थापन आन्तरिक तथा बाह्य प्रयोगकर्ताका कर्तव्य र अधिकार व्यवस्थापन गरी प्रणालीमा पहुँच दिने कार्य यो मोड्युलबाट गरिन्छ । सूचीकरण व्यवस्थापन नेप्सेमा सूचीकृत सबै प्रकारका कम्पनी तथा वित्तीय औजारको सूचीकरण प्रक्रिया पूर्णरूपमा स्वचालित गर्न यो मोड्युलको प्रयोग गरिन्छ । सूचना तथा अन्य वित्तीय विवरणहरू सूचीकृत कम्पनी स्वयंले राख्न मिल्नेगरी प्रक्रिया पूर्ण स्वचालित गर्ने काम यो मोड्युलबाट हुन्छ ।   धरौटी व्यवस्थापन ब्रोकर र लगानीकर्ताले धितोपत्र कारोबार गर्न राख्नुपर्ने धरौटीको व्यवस्थापन यस मोड्युलले गर्छ । ब्रोकर व्यवस्थापन ब्रोकरहरूको दर्ता, लाइसेन्स लगायतका कार्यका लागि यो मोड्युलको प्रयोग गरिन्छ । बजार निर्माता बजार निर्माता दर्ता, कारोबार तथा बजार निर्माताले कुन कुन धितोपत्रमा निर्माता भएर कार्य गर्न सक्छ/सक्दैन लगायत कार्य यस मोड्युलद्वारा गरिन्छ ।   सूचकांक व्यवस्थापन नेप्से सूचकांक लगायत अन्य सूचकांक थप्ने/हटाउने तथा सूचकांकको परिमार्जन समायोजनका लागि यो मोड्युलको प्रयोग गरिन्छ । मूल्यसम्बन्धी जानकारी प्रवाह दोस्रो बजार कारोबारको रियल टाइम विवरण प्रसारण गर्न तथा तेस्रो पक्षको प्रणालीसँग एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई)द्वारा अन्तरआबद्धता गरी विवरणको आदान गर्न यो मोड्युलको प्रयोग गरिएको छ । जोखिम व्यवस्थापन प्रणाली दोस्रो बजार कारोबारमा नियमित कारोबार हुँदा र कारोबारपछि हुने कुनै जोखिम व्यवस्थापन गर्न यस प्रणालीको प्रयोग गरिएको छ । ब्रोकर तथा लगानीकर्ता दुवैको जोखिम व्यवस्थापनमा यो मोड्युलको प्रयोग हुन्छ । सुपरिवेक्षण प्रणाली दोस्रो बजार कारोबारमा हुने हेरफेर ब्रोकर तथा लगानीकर्ताको कारोबारमा निरीक्षण तथा निगरानी गर्न यो मोड्युलको प्रयोग गरिन्छ । ब्रोकर ब्याक अफिस व्यवस्थापन ब्रोकरले दोस्रो बजारमा गरेको कारोबार हिसाब किताब गर्न तथा प्रयोगकर्ताको अभिलेख राख्न यो मोड्युलको प्रयोग गरिन्छ । आदेश मार्ग व्यवस्थापन ब्रोकर तथा लगानीकर्ताले प्रविष्ट गरेका आदेशहरू व्यवस्थापन गरी नेप्सेको म्याचिङ प्रणालीसँग समन्वय गर्न यस मोड्युलको प्रयोग हुन्छ । सदस्य एडमिन टर्मिनल टीएमएस प्रणालीका सुपर एड्मिनिस्ट्रेसन कार्यहरू, जस्तै– ‘युजर रोल प्रिभिलेज क्रियसन’ यस मोड्युलबाट गरिन्छ । ट्रेडर वर्क स्टेशन लगानीकर्ता लगानीकर्तालाई कारोबार गर्न चाहिने आदेश विन्डोज, कारोबार विवरण लगायतको कार्यका लागि यो मोड्युलको प्रयोग हुन्छ । ट्रेडर वर्क स्टेशन ब्रोकर क्लाइन्ट दर्ता, युजर दर्ता, आदेश प्रविष्टि, जोखिम व्यवस्थापन र पोर्टफोलियो व्यवस्थापनका लागि यो मोड्युलको प्रयोग गरिन्छ । नियन्त्रण वर्क स्टेशन धितोपत्रको कारोबार प्यारामिटरको सेटिङ, बजारको समय सेट गर्ने लगायत कार्यका लागि यो मोड्युल प्रयोग हुन्छ । म्याचिङ इन्जिन यो धितोपत्र कारोबारको मुख्य प्रणाली हो । सम्पूर्ण ब्रोकर तथा लगानीकर्ताले प्रविष्ट गरेको आदेश ‘प्राइस टाइम प्रायोरिटी’मा म्याचिङ गर्ने कार्य यस मोड्युलले गर्छ । एक्सचेन्ज म्यासेजिङ प्रणाली दोस्रो कारोबारको क्रममा रियल टाइममा सृजना हुने सूचना आदान प्रदान, ईमेल/एसएमएसका लागि यो मोड्युलको प्रयोग हुन्छ । सदस्य पोर्टल ब्रोकर सदस्यहरूको इन्ड अफ द डे (ईओडी) रिपोर्ट, क्लाइन्ट क्रियसन फाइल लगायत पेइन–पेआउट फाइलहरू अपलोड/डाउनलोडका लागि यो मोड्युल प्रयोगमा आउँछ ।   म्यानेजमेन्ट इन्फरमेसन सिस्टम रिपोर्ट दोस्रो बजारमा भएका कारोबार लगायत अन्य कार्यसम्बन्धी सम्पूर्ण रिपोर्ट तयार पार्ने कार्य यस मोड्युलबाट गरिन्छ ।

‘मिनी बैंक’ बन्दै आईएमई पे, एटीएम कार्डदेखि ब्याजसम्मको सुविधा

५ वर्ष अघि स्थापना भएको नेपालको लोकप्रिय डिजिटल वालेट आईएमई पे यतिबेला आफ्नो दायरा फराकिलो बनाउने चरणमा छ । यसअघि नै रिचार्ज, बिल भुक्तानी लगायतका विभिन्न डिजिटल भुक्तानी सेवा दिइरहेको आईएमई पेले अब भने धेरै नयाँ सुविधा थप गर्दैछ ।  केही समयपछि आईएमई पेमा ऋण लिन सकिने, बैंकमा खाता खोल्न सकिने, डिम्याट खाता खोल्न सकिने, टीएमएस खाता खोल्न सकिने लगायतका सुविधा आउँदै छन्...

टीएमएस कारोबारको भुक्तानी ‘आईएमई पे’बाट गर्न सकिने

काठमाडौं । सेयर लगानीकर्ताले अब टीएमएस कारोबारको भुक्तानी आईएमई पेमार्फत गर्न सकिने भएको छ । लगानीकर्ताले सेयर खरिद गरेबापत ब्रोकरलाई भुक्तानी गर्न र सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न आईएमई पे प्रयोग गर्न सक्नेछन् । यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएको छ […]

टीएमएस खरिदको भुक्तानी तथा कोल्याटरल लोड अब आईएमई पे मार्फत

काठमाडौं । सेयर लगानीकर्ताले टीएमएस खरिदको भुक्तानी तथा कोल्याटरल लोड ‘आईएमई पे’ मार्फत गर्न सक्ने भएका छन् । यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरूमा उपलब्ध छ । टीएमएसमा धितो लोड र फन्ड सेटलमेन्ट गर्दा आईएमई पे बाट सजिलै कारोबार गर्न सकिन्छ । यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा...

वित्तीय क्षेत्रमा आधुनिकीकरण

प्रविधिलाई आत्मसात् गर्दै नेपाली वित्तीय क्षेत्रले विभिन्न सुधारोन्मुख कार्य गरेको पक्ष हामीसमक्ष स्पष्ट नै रही आएको छ । हिजो लामबद्ध भएर शेयर आवेदन दिनुपर्नेमा आज सहजै मेरो शेयरबाट आवेदन दिन थालेका छौं । हिजो शेयर किनबेचका निमित्त काठमाडौं नै धाउनुपर्ने अवस्थाबाट माथि उठेर आज जुनसुकै कुनाबाट शेयर कारोबार गर्न थालेका छौं । मोबाइल बैंकिङ ग्राहकको उल्लेखनीय संख्याले र बढ्दो विद्युतीय कारोबारले हाम्रो प्राविधिक अवस्था सुधारोन्मुख रहेको पुष्टि गर्छ । वित्तीय समावेशितामा हामी अगाडि देखिए पनि हाम्रो वित्तीय क्षेत्रले विश्वव्यापी आधुनिकीकरण अपनाउन सकेको छैन । यसको पहिलो प्रमाण अन्तरराष्ट्रिय भुक्तानी माध्यम हो । अझै पनि पेपाल, इस्क्रिलजस्ता अन्तरराष्ट्रिय भुक्तानी प्रणालीमा हामी आबद्ध हुन सकेका छैनौं । वित्तीय क्षेत्रमा देखिएको प्राविधिक विकास सराहनीय भए तापनि सुधार र विकास गर्नुपर्ने कुरा थुप्रै छन् । वित्तीय समावेशितामा हामी अगाडि देखिए पनि हाम्रो वित्तीय क्षेत्रले विश्वव्यापी आधुनिकीकरण अपनाउन सकेको छैन । यसको पहिलो प्रमाण अन्तराष्ट्रिय भुक्तानी माध्यम हो । अझै पनि पेपाल, इस्क्रिलजस्ता अन्तरराष्ट्रिय भुक्तानी प्रणालीमा हामी आबद्ध हुन सकेका छैनौं । नेपाली जनशक्तिले सफ्टवेर कोडिङलगायतमा फ्रिलेन्सिङ गरेर विश्व बजारमा पहुँच पुर्‍याए पनिप भुक्तानी माध्यममा भने यस्तो देखिँदैन । पेपाल वा इस्क्रिललाई माध्यम बनाएर नेपालमा भुक्तानी गर्न सकिने अवस्था अहिले छैन । अहिले पनि विप्रेषण कारोबारको निमित्त बैंक नै धाउनुपर्ने अवस्था छ । मलाई अस्ट्रेलिया वा कतारमा रहेको मेरो साथीलाई पैसा पठाउनु छ भने, मेरो मोबाइल बैंकिङ सम्भव छैन, बैंकमै गएर विभिन्न कागजात प्रस्तुत गरी महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । यही कारणले हुन्डी कारोबारले स्थान पाएको हुनुपर्छ । विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सुविधा सञ्चालनमा निकै ढिला भएको छ । केही समय अगाडि मात्र विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको निर्देशिका आएको देखिन्छ । यसको प्रभावकारिता के कतिको छ त्यो आगामी दिनमा पुष्टि हुँदै जानेछ । तरलता अभावको समस्या उच्च रहेको समयमा अन्य कर्जा नै सहज नहुँदा यस प्रकारको कर्जाले कसरी गति लिने हो त्यो हेर्न बाँकी छ । वित्तीय साक्षरताले हाम्रो वित्तीय आधुनिकीकरण देखाउँछ । यही वित्तीय साक्षरता सहज नभएको हुँदा अझै पनि क्रेडिट कार्ड, विमाका सेवाहरू सर्वसाधारणले बुझ्न र आत्मसात् गर्न पाएका छैनन् । आधुनिकीकरण केन्द्रमा मात्र भएर ग्रामीण भेगमा समेत सहज र सुनिश्चित हुनुपर्छ । अझै पनि शेयर कारोबारको निमित्त टीएमएस खाता खोल्न बिचौलियाहरूले कमिशन मागिरहेको अवस्था छ । अझै पनि शेयर कारोबारमा विद्युतीय प्रणाली हाबी हुन नसकेको देखिन्छ । कारोबार गर्दा देखिने प्राविधिक समस्या, कहिले वेबसाइट नै नचल्ने, कहिले मेरो शेयरमा समस्या भइ नै रहेको छ । यसलाई सामान्य रूपमा लिनुपर्ने अवस्था रहँदा हाम्रो आधुनिकीकरणको स्तर स्पष्ट हुन्छ । धितोपत्र बजारमा हुने लिलामीमा सहभागिता जनाउन अझै पनि काठमाडौं नै आइपुग्नुपर्ने अवस्था छ । मौद्रिक नीतिमा आफ्नै डिजिटल मुद्राबारे अध्ययन र कार्य थालनी गर्ने भनिए तापनि वास्तवमा त्यसमा हामी निकै पछाडि रहेका छौं । अहिले विश्वव्यापी चर्चा र अध्ययनको विषय रहेको क्रिप्टो मुद्रालाई हामी गैरकानूनी र आपराधिक भनेर चिन्दै छौं । यसमा केकति अध्ययन भयो, के कति तथ्य फेला पर्‍यो, सम्बद्ध निकायलाई समेत थाहा नहुन सक्छ । यो हाम्रो सक्षमताको भन्दा पनि हाम्रो सोचाइको कुरा हो । हामी अझै पनि खुलेर अनलाइन कारोबार गर्न सक्ने अवस्थामा छैनौं । हामीलाई डर छ, कतै एटीएमबाट निकाल्न खोजिएको रकम अड्किने पो हो कि, खाताबाट पैसा काट्ने तर पैसा ननिस्किएर बिचल्ली पार्ने पो हो कि भन्ने भय हामीमा छ । बिग मार्टमा गएर भुक्तानी गर्दा खाताको रकम काट्ने तर उता प्राप्त नहुने हो कि भन्ने डर अझै पनि छ । रकमान्तर गर्दा यताको पैसा झुक्किएर अर्कै खातामा पो जाने हो कि भन्ने शंका अझै पनि रहिरहँदा हामी वित्तीय आधुनिकीकरणको उपकरणमा केन्द्रित भए पनि प्रयोगात्मक पक्षमा कतै चुकेका पो हौं कि भन्न देखिन्छ । आफ्नो तलब आएको दिन पूरा तलब निकालेर भौतिक मुद्रालाई प्राथमिकतामा राख्नुले हाम्रो आधुनिक वित्तीय अवस्था स्पष्टसंग झल्काउँछ । त्यसमाथि अझै पनि विद्युतीय कारोबारमा हाम्रो हदबन्दी कायम रहेको झल्किन्छ जसले गर्दा हाम्रो सक्षमता र आत्मविश्वासमै प्रश्न चिह्न उठेको देखिन्छ । हिजो बैंकमा रोबोटबाट सेवा प्रवाह गर्ने कार्य पनि भएकै हो, हिजो प्रविधियुक्त बनाउनकै निमित्त विभिन्न प्रयास पनि भएकै हो; तर पनि बाह्य रूपमा बलियो प्रस्तुति देखिए पनि वित्तीय क्षेत्र आधुनिककीरणमा हामी चुकेकै छौं । नेपालमा अझै पनि बीमा बाध्यताका रूपमा लिइन्छ । सवारी साधनको बिल बुक नवीकरण गर्दा होस् वा अन्य प्रयोजनको निमित्त, बीमालाई बाध्यकारी प्रयोजनको रूपमा राखिने गरिन्छ । विभिन्न शर्तहरूको पालना गर्नकै निमित्त यहाँ बीमा गरिएको भेटिन्छ । आफ्नै इच्छाले बीमा गर्ने गरेको निकै कम भेटिन्छ । यसरी प्राथमिकतामा नपरेको क्षेत्रलाई सम्बद्ध निकायबाट प्रवर्द्धन गर्ने उद्देश्य रहेको पनि खासै देखिँदैन जसले गर्दा ज्ञान भए तापनि वित्तीय क्षेत्रमा समावेश हुनेहरूको उत्प्रेरणाको मात्रा न्यून रहेको हुन्छ । वित्तीय आधुनिकीकरणमा अग्रणी मानिएको अमेरिका जस्तो मुलुकको बैंकिङ क्षेत्र, सुरक्षाको दृष्टिकोण र बीमासम्बन्धी कार्यमा सुधार गर्ने प्रयासमै रहेको देखिन्छ । यस्तोमा नेपालमा भएको गति शायद सामान्य नै मान्नुपर्छ । आज बैंकहरू मुलुकको कुना कुनामा पुगेर दुर्गम भेगका सर्वसाधारणलाई सेवा प्रवाह गर्नु वास्तवमै सराहनीय कार्य हो । तर, त्यसमा मात्र सिमित रहनु हुँदैन । आधुनिकीकरणको यस समयमा, विश्वव्यापीकरणको यस युगमा प्रतिस्पर्धात्मक वित्तीय क्षेत्र सुधार गर्ने अवसर महत्त्वपूर्ण रहन जान्छ । यसले समग्र वित्तीय क्षेत्रलाई एउटा सुधारोन्मुख पाटोतर्फ देखाउँछ । वित्तीय क्षेत्र आधुनिकीकरण एकल प्रयासले सम्भव हुँदैन । यसको निमित्त विभिन्न क्षेत्रको संयुक्त प्रयास आवश्यक हुन्छ । जब उचित तरीकाले छलफल हुन्छ, अनि बल्ल मौद्रिक र वित्त नीतिमा वित्तीय क्षेत्र आधुनिकीकरणको परिकल्पना देख्न सकिन्छ । अन्यथा प्रविधियुक्त भनिएको हाम्रो वित्तीय प्रणाली यसमै सीमित रहन पनि सक्छ । रेग्मी बैंकर हुन् ।

बिहानै ब्रोकरको अपिल, खातामा पैसा नआए चेक लिन आउनु, साउन १ गतेबाट नयाँ टीएमएस

काठमाडौं। सेयर ब्रोकरहरुको छाता संगठनले सेयरको भुक्तानी चेकबाट लिन आग्रह गरेको छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सोमबार बिहान